April 22, 2025

राष्ट्रपति भण्डारीलाई सरकारले बुझाए वार्षिक प्रतिवेदन

March 7, 2022
Photo : tukhabar
- ADVERTISEMENT -

काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकारले गत आर्थिक वर्षमा गरेका काम र उपलब्धीसम्बन्धी प्रतिवेदन बुझाएका छन् । आइतबार शीतलनिवास पुगेका प्रधानमन्त्रीले राष्ट्रपति भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाएका हुन् ।
प्रधानमन्त्री देउवाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनमा सरकारले हासिल गरेका प्रगतिसम्बन्धी प्रतिवेदन पनि बुझाएका छन् । यस्तै, प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष देउवाले परिषद्को आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन पनि भण्डारीसमक्ष बुझाएका छन् ।

- ADVERTISEMENT -