April 30, 2025

नेपालमा थपिए ८८ जना कोरोना संक्रमित

March 7, 2022
Sketch
- ADVERTISEMENT -

काठमाडौं / पछिल्लो २४ घण्टामा थप ८८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ८ हजार ६ सय ३८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा ६ हजार १ सय ४५ पीसीआर परीक्षणमा ६६ जना र २ हजार ४ सय ९३ एन्टिजेन परीक्षणमा २२ जना गरी ८८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने ३ सय ७६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ५० जना रहेका छन् ।

- ADVERTISEMENT -