२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एमसीसी सम्झौता बुझाउन घर–घरमा पुस्तिका पठाउने कांग्रेसको तयारी

प्रकाशित मिति : २०७८ फाल्गुन २३ गते
- ADVERTISEMENT -

काठमाडौं / नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एससीसी) सम्झौता बुझाउन नागरिकलाई घर–घरमा पुस्तिका पुर्याउने भएको छ । संसदबाट ब्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी सम्झौता बुझाउन नागरिकलाई घर–घरमा पुस्तक पुर्याउने कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार, पुस्तिकासहित भिडिओ पनि बनाउने क्रममा रहेको छ । उनले स्थानीय तहको चुनावी प्रचार अभियानसँगै एमसीसीको भ्रम हटाउने बताए ।
स्थानीय तहको चुनाव अभियान यही फागुन २० गतेदेखि सुरु गर्ने भएपनि ९ दिन पछि सारिएको छ । फागुन २९ देखि चैत २९ सम्म प्रचारात्मक अभियान गरिने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -