March 15, 2025
- ADVERTISEMENT -

विष सेवनबाट एकै परिवारको ५ जनाको मृत्यु

March 7, 2022
File photo.

ललितपुर / ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । जिल्लाको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुस्थित दुई दिने शिशुसहित ५ जनाको मृत्यु भएको आज (सोमबार) महानगरीय अपराध महाशाखाले जनाएको छ ।
अपराध महाशाखाका अनुसार मृत्यु हुनेमा ५५ वर्षीया काँइली स्याङ्तान, २४ वर्षीया शुष्मा स्याङ्तान, ९ वर्षीय आशिष स्याङतान, ७ वर्षीय आष्मा स्याङ्तान र एक दुई दिने शिशु रहेका छन् । चार जना मृत अवस्थामा फेला परेका थिए भने शिशुको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको प्रहरी जनाएको हो ।
घरमुली शुभ स्याङतानको उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुस्थित घरमा उनीहरुलाई मृत देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनीहरुको विष सेवनबाट मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

- ADVERTISEMENT -