चितवन / उद्योग वाणिज्य संघ चितवनको आसन्न अधिवेशनका लागि पाँच जनाले संयुक्त रुपमा उमेदवारी घोषणा गरेका छन् । संघको ५५औं वार्षिक साधारण सभा तथा अधिवेशनको पूर्व सन्ध्यामा बुधबार पत्रकार सम्मेलन मार्फत पाँच जनाले उमेदवारी घोषणा गरेका हुन् ।
उमेदवारी दिनेहरुमा चुननारायण श्रेष्ठ अध्यक्ष, सुमनकुमार श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदहरु क्रमशः चिरञ्जिवी सुवेदी, भोजराज कौडाल र शंकर नेपाल रहेका छन् । संघको विधान बमोजिम प्रत्येक २ वर्षमा निर्वाचन हुँदै आएको छ ।
अध्यक्ष पदका उमेदवार श्रेष्ठले व्यवसायिक हकहितको संरक्षण, नीतिगत तहमा बहस पैरवी, समग्र चितवनको सामाजिक, आर्थिक विकासको लागि उमेदवारी दिएको बताए ।
संस्थाको नेतृत्व चयन गर्दा संस्थामा आवद्ध सदस्यहरुको भावनालाई प्रतिनिधित्व गर्न सक्ने र नेतृत्वको लागि संस्थाको ज्ञान, संस्थामा आवद्ध भई गरेका कार्यहरुबाट प्राप्त सिप र अनुभवको ठूलो भूमिका हुने श्रेष्ठले प्रष्ट्याए । संघको साधारण सभादेखि वरिष्ठ उपाध्यक्ष पदमा आउँदासम्म विभिन्न ओहदामा रही योग्यता र क्षमताले भ्याएसम्म संस्थालाई योगदान दिँदै आएको उनको भनाइ थियो ।
संस्थाको गरिमा र प्रतिष्ठामा आँच नआउने गरी सामूहिक भावनाले अभिप्रेरित भई सदस्यहरुको भावनालाई सम्मान गर्दै संयुक्त रुपमा उमेदवारी दिएको श्रेष्ठले बताए । सम्पूर्ण मतदाता, उद्योगी व्यवसायीहरु लगायत सबैलाई अत्यधिक मतले विजयी गराई दिनु हुन पनि उनले अपिल गरे ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका उमेदवार सुमनकुमार श्रेष्ठ तथा उपाध्यक्ष पदहरुका चिरञ्जिवी सुवेदी, भोजराज कौडाल र शंकर नेपालले संघमा आवद्ध भएदेखि हालसम्मको अनुभवहरु बताए ।
संघको मतदान प्रक्रिया फागुन ३० गते बिहान ८ बजेदेखि ५ बजेसम्म हुँदैछ भने अधिवेशनले आगामी २०७८ देखि ०८० सम्म दुई वर्षका लागि समिति चयन गर्दैछ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

उवासंघ चितवनको अध्यक्षमा श्रेष्ठसहित पाँचको उमेदवारी घोषणा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.98
154.58

European Euro
1
173.17
173.84

UK Pound Sterling
1
203.95
204.75

Swiss Franc
1
185.24
185.96

Australian Dollar
1
107.32
107.74

Canadian Dollar
1
107.91
108.33

Singapore Dollar
1
120.44
120.91

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.97
23.06

Saudi Arabian Riyal
1
41.02
41.18

Qatari Riyal
1
42.24
42.41

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.93
42.09

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
11.50
11.55

Swedish Kroner
1
15.39
15.45

Danish Kroner
1
23.17
23.26

Hong Kong Dollar
1
19.62
19.70

Kuwaity Dinar
1
499.69
501.64

Bahrain Dinar
1
408.41
410.00

Omani Rial
1
399.95
401.51













