April 19, 2025

चितवनमा करिब पाँच लाख ठगी गर्ने २ जना पक्राउ

March 10, 2022
तस्विर : जिल्ला प्रहरी कार्यालय चितवन ।
- ADVERTISEMENT -

चितवन / कालिका नगरपालिका वडा न. १ लंकालाईनबाट करिब पाँच लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन् । उनीहरुले अन्यको चेकमा नक्कली दस्तखत गरी ठगेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार पक्राउ पर्नेमा कालिका १ का ३६ वर्षीय उज्जवल कुँवर र मकवानपुर हेटौंडा उपमहानगरपालिका ११ नवलपुरका प्रभाकर भन्ने सुदिप कार्की रहेका छन् ।
उनीहरुले रत्ननगर नगरपालिका १ सौराहारोडस्थित न्यु लक्ष्मी इन्टरप्राजेजबाट माघ १४ गते चार लाख ६८ हजार ४३५ को रड खरिद गरी सञ्चालक कृष्णप्रसाद तिवारीलाई अरुको चेकमा नक्कली दस्तखत गरी ठगेको प्रवक्ता अधिकारीले जानकारी दिए ।
पक्राउ परेका दुबै जनालाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -