२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

हेटौंडामा लागूऔषध गाँजासहित तीन जना पक्राउ

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते
File Photo
- ADVERTISEMENT -

मकवानपुर / मकवानपुरमा लागूऔषध गाँजासहित तीन जना पक्राउ परेको छ । मनहरी गाउँपालिका वडा नम्वर ७ स्थित सडकखण्डबाट १८० किलो गाँजासहित तीन जनालाई आज (आइतबार) बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ बस्ने २९ वर्षीय बुद्धिमान वाईबा, २९ वर्षीय अर्जुन स्याङतान र ३० वर्षीय बिनोद पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।
उनीहरुलाई विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
बिहान ५ः३० बजेको समयमा चैनपुरबाट हेटौंडातर्फ आउँदै गरेको बा ७ च १६०६ नम्वरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा सो परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी निरीक्षक सापकोटाले बताए ।
बरामद लागूऔषध गाँजा, पिकअप गाडीसहित उनीहरुलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -