April 30, 2025

नेपालमा थप ५८ जना कोरोना संक्रमित

March 14, 2022
Sketch
- ADVERTISEMENT -

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप ५८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ४ सय १८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा गरिएको पीसीआर परीक्षणबाट ५० जनामा र एन्टिजेन परीक्षणबाट ८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा १ सय ४८ जनामा संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । हाल देशभर ४ हजार ८१९ जना सक्रिय संक्रमित रहेका छन् । सो अवधिमा थप ९२ हजार ४८ जनाले खोप पनि लगाएका छन् ।

- ADVERTISEMENT -