Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुरका ४४ विद्यार्थीलाई आदर्श छात्रवृत्ति प्रदान

प्रकाशित मिति : २०७८ फाल्गुन ३० गते

चितवन / आदर्श नारी विकास केन्द्र चितवनले विभिन्न घटनामा परेका ४४ जना छात्रालाई आदर्श छात्रवृत्ति वितरण गरेको छ । हिंसा प्रभावित, द्धन्द्ध प्रभावित, गरिब तथा जेहेन्दार गरी ११ विद्यालयका ती छात्राहरुलाई केन्द्रले सो छात्रवृत्ति वितरण गरेको हो ।
११२औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर केन्द्रले जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत कम अवसर प्राप्त ती छात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । उनीहरुलाई झोला, स्कुल पोशाक, कपिकलमलगायतका शैक्षिक सामग्री वितरण गरिएको छ ।
केन्द्रले ८ वर्षदेखि निरन्तर वितरण गर्दै आएको छात्रवृत्ति हालसम्म ४४८ जनाले प्राप्त गरिसकेको संस्थाकी अध्यक्ष मीना खरेलले जानकारी दिए । सबै प्रकारका घरेलु हिंसा, मानव बेचविखन, बलात्कारजस्ता जघन्य अपराधको अन्त्यका लागि विगत ३० वर्षदेखि अभियान चलाईरहेको आदर्श नारी विकास केन्द्रले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत छात्रवृत्ति वितरण गर्दै आइरहेको छ । यस संस्थाले महिला तथा बालबालिका माथि हुने हिंसा, शोषण, दमन र अन्यायकोविरुद्ध निरन्तर अग्र स्थानमा रही खबरदारी गर्दै आएको छ ।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले आदर्श नारीले सामुदायिक विद्यालयको शिक्षा सुधारमा खेलेको भूमिका प्रंससायोग्य भएको बताए । सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षाका लागि महानगर, आदर्श नारी जस्तो संस्थासंग समन्वय गरेर अगाडी बढ्न तयार भएको उनको भनाई थियो । आर्थिक अभावका कारण पढाई छोड्न बाध्य बालबालिकालाई लक्षित गरी महानगरभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई महानगर छात्रवृत्तिको काम शुरु गरेको पौडेलले जानकारी समेत दिए ।
कार्यक्रममा शिक्षक कल्पना पन्तले सामुदायिक विद्यालयका छात्राहरुलाई केन्द्रित गरि छात्रावृत्ति वितरण गर्दा छात्राहरुको शैक्षिक प्रोत्साहनमा थप टेवा पुगेको बताए । वडा नम्बर ४ अध्यक्ष हरिप्रसाद पोख्रेल आदर्श छात्रवृत्ति कार्यक्रम प्रभावकारी बनेको उल्लेख गरे ।
संस्थाका उपाध्यक्ष उषा खरेल सुवेदीले कुनै पनि बालबालिका आर्थिक अभावका कारण पढाईबाट बञ्चित हुनु नपरोस् भन्ने उद्धेश्यले छात्रवृत्ति कार्य अघि बढाइएको बताए ।
यसैबीच, सोही अवसरमा आदर्श नारी विकास केन्द्रको विधानअनुसार गठित आदर्श नारी कालिका नगर समन्वय सम्पर्क समितीलाई सम्वन्धन पत्र प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष मीना खरेलले सम्पर्क समितिका संयोजक अर्पणा दुवाडीलाई भरतपुर नगर शिक्षा अधिकारीको रोहवरमा सम्बन्धन पत्र हस्तान्तरण गरिएको छ ।
कार्यक्रम संस्थाकी सचिव पृथ्वीदेवी सुवेदीले सञ्चालन गरेको कार्यक्रममा भरतपुर महानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शुशिला वाग्ले, कार्यपालिका सदस्य पवित्रा केसी, विभिन्न संघसंस्थाका प्रतिनिधी, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51