२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एस एण्ड पी अडिटिङ्ग कम्पनीको सकियो आठौं वर्षिकोत्सव

प्रकाशित मिति : २०७८ चैत्र १ गते
- ADVERTISEMENT -

चितवन / एस एण्ड पी अडिटिङ्ग कम्पनीले आठौँ वार्षिकोत्सव सम्पन्न गरेको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिबार भरतपुर १० स्थित आफ्नै सभाहलमा आठौं वार्षिकोत्सव सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि अग्रज पत्रकार श्री गणशेखर शर्माको आतिथ्यता रहेको थियो ।
समापन समारोहमा साप्ताहिक कार्यक्रम अन्तर्गत आज कवि गोष्ठी तथा साहित्यिक कार्यक्रम गरेको थियो । विभिन्न प्रतियोगितामा उत्कृष्ट भएका व्यक्तित्वहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । वार्षिकोत्सवमा संस्थाले ५० प्रतिशत छुटमा कम्पनी दर्ताको सहुलियत दिएको थियो ।
कम्पनीले यसअघि तीजमा महिला कर्मचारीलाई सम्मान, हिमालयन माविका विद्यार्थीहरुलाई तातो आलु प्रतियोगिता, कवि गोष्ठी, उत्कृष्ट कर्मचारी सम्मानलगायतका कार्यक्रमहरु गरेका थिए ।
कार्यक्रममा कवि श्री गोविन्दराज विनोदी, प्रदेश नीति तथा योजना आयोगका पुर्व कार्यकारी निर्देशक श्री राम चन्द्र ढकाल, अतिथिहरु त्रिवेणी साहित्यिक प्रतिष्ठानका प्राध्यापक डाक्टर श्री नारायणप्रसाद ढकाल, भैरव वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्राध्यापक श्री कपिल अज्ञात, प्रजातन्त्र विचार समाजका अध्यक्ष एवम् विरेन्द्र क्याम्पसका प्राध्यापक श्री दिल बहादुर बोगटी, चितवन साहित्य प्रतिष्ठानका उपाध्यक्ष श्री जगन्नाथ पण्डित, पत्रकार महासघंका अध्यक्ष श्री नारायण अधिकारी लगातको उपस्थिति रहेको थियो ।
कार्यक्रम एस एण्ड पी अडिटिङ्ग कम्पनीका सन्चालक सुर्यप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -