April 19, 2025

चितवनमा वेष्ट फाइनान्सको सेवा शुभारम्भ

March 16, 2022
- ADVERTISEMENT -

चितवन / वेष्ट फाइनान्स कम्पनी लिमिटेडको नारायणगढमा सेवा शुभारम्भ गरिएको छ । उद्योग वाणिज्य संघ चितवनका नवनिर्वाचित अध्यक्ष चुननारायण श्रेष्ठले कम्पनीको रिवन काटी सेवा शुभारम्भ गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले कम्पनीको व्यवसाय सफलताको शुभकामना व्यक्त गरेका थिए । उनले उद्योग वाणिज्य संघ चितवनले व्यवसायीहरुको हकहितको लागि सहयोग गर्ने बताए ।
कम्पनीको नारायणगढमा खुलेको यो पन्ध्रौ शाखा हो । केन्द्रीय कार्यालय वेष्ट भवन काठमाडौं कमलादीमा रहेको छ भने चावहिल काठमाडौं, बर्दघाट, पिपलबोट, कावासोती, कमलादी, नेपालगंज, बुटवल, गोंगबु, मिलनचोक, दाङ, जितपुर, वनस्थली, पोखरा, लगनखेल शाखा कार्यालयहरु हुन् ।

- ADVERTISEMENT -