२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

माओवादी केन्द्र चितवन : इन्चार्जमा दाहाल र संयोजकमा अधिकारी

प्रकाशित मिति : २०७८ चैत्र ३ गते
- ADVERTISEMENT -

चितवन / सत्तारूढ नेकपा (माओवादी केन्द्र) को चितवन जिल्ला इन्चार्जको जिम्मेवारी रेनु दाहाल र संयोजकको जिम्मेवारी रामचन्द्र अधिकारीले पाएका छन् ।
माओवादी केन्द्रको वागमती प्रदेश कार्यालयको बैठकले दाहाल र अधिकारीलाई सो जिम्मेवारी प्रदान गरेको हो । भरतपुर नगरपालिकाकी मेयरसमेत रहेकी दाहाल माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् । उनले यसअघि भरतपुर महानगरको इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन् ।
चितवन जिल्ला संयोजकको जिम्मेवारी पाएका अधिकारी पूर्वविद्यार्थी नेता हुन् । उनी विगतमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी ) का केन्द्रीय उपाध्यक्ष थिए । यसअघि उनी चितवन जिल्ला पार्टीको कार्यालय सदस्यका रुपमा क्रियाशील थिए । माओवादीका नेता तथा कार्यकर्ताले रेनु दाहाललाई फेरि भरतपुर महानगरको मेयरमा उठ्नुपर्ने माग गरिरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -