निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

माडीको एक घर गोठमा आगलागीबाट ६० लाख बढीको धनमाल नष्ट

प्रकाशित मिति : २०७८ चैत्र ४ गते
- ADVERTISEMENT -

चितवन / माडी नगरपालिका वडा नम्बर ४ खैरहनीको एक घर गोठमा आगलागी भएको छ । आगलागीबाट दुईवटा कुखुरा फार्म, एउटा धन्सार, दुई वटा परालको टौवा पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
आगलानी बिहान ४ः३० बजेको समयमा भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट ६० लाखभन्दा बढीको धनमाल क्षति भएको छ ।
प्रहरीले आगलागीबाट धन्सारमा रहेको ७० क्विन्टल धान, पाँच क्विन्टल तोरी, दुई क्विन्टल गहुँ, ३५ क्विन्टल कुखुराको दाना नष्ट भएको बताएको छ ।
आगलागीको क्रममा एउटा फ्रिज, टेलिभिजन, डिजिटल मेसिन थान, तीन थान सोलार प्यानल, तीन वटा ब्याट्री, एउटा ईन्भटर पनि नष्ट भएका छन् । यस्तै ग्रिज, मोबिल, गियर आयल, हाईड्रोलिक पाइप, ड्रम अन्य भाडा वर्तन समेत नष्ट भएको बताइएको छ ।
आगलागी के कारणले भएको हो भन्ने खुल्न सकेको छैन । स्थानीय, नेपाल प्रहरी र नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिईएको हो ।
घरधनी माधव लामिछानेले नगरपालिकाको दमकल समयमा नआएको, ढिलो गरी आउँदा समेत दमकलमा पानी अत्यन्त न्यून रहेका कारण आगलागी समयमा नियन्त्रणमा लिन नसकिएको बताए ।
उनले भने, ‘दमकल आउँनै ढिलो ग¥यो, आउँदा पनि निकै थोरै पानी थियो ।’ पर्याप्त पानी सहित समयमा दमकल आएको भए क्षति कम गराउन सकिने उनको भनाई थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48