April 20, 2025

कक्षा १२ को परीक्षा जेठमा हुने

March 18, 2022
- ADVERTISEMENT -

काठमाडौं / कक्षा १२ को परीक्षा २०७९ जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार बसेको बैठकले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि संचालन गर्ने निर्णय गरेको हो ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले भने, ‘जेठ १६ देखि कक्षा १२ को परीक्षा संचालन गर्ने निर्णय भयो,’ उनले भने, ‘थप विवरण बोर्डको वेबसाइटमा राख्छौं ।’ परीक्षा ९ दिनसम्म संचालन हुनेछ । बोर्डले परीक्षाको तालिका छिट्टै प्रकाशन गर्ने उनले बताए ।

- ADVERTISEMENT -