April 25, 2025

राहदानी बिभागमा पासपोर्ट लिन सर्वसाधारणलाई सास्ती

March 25, 2022
- ADVERTISEMENT -

काठमाडौ / राहदानी लिनलाइ सर्बसाधारणले सास्ती खेप्नु परेको छ। बिहान ४/५ नबज्दै बिभाग अगाडि सेवाग्राहीको लाम लाग्ने गरेको छ।
चर्को घाममा लाम लागेका छन सेवाग्राही । राहदानी विभाग अगाडिको लाम भीड घट्दैन। कोही उँग्दै बसेका छन्। कोही पसिना पुछ्दै। रातिदेखि लागेको लाइन मिच्चिने डरले भोक तिर्खा भुलेका उनीहरूको एउटै उद्देश्य थियोुवैदेशिक रोजगारीका लागि राहदानी बनाउनू।ु तर, भीड सरेन । बिहीबार दिनभर सेवाग्राहीले घाम छले तर, काम बनेन। दैनिक ५ हजार सेवाग्राही पुग्ने विभागको सर्भर डाउन हुँदा सेवाग्राही मर्कामा परे।
विभागले बिहीबार सूचना निकाल्दै भन्यो, ‘राहदानी विभागका लागि खोलिएको बिहिवार मिति २०७८ चैत १० गतेको बुकिङ फुल भएको छ। बुकिङ २०७८ चैत १३ बाट हरेक दिन अपराह्न साढे ४ बजेपछि मात्र खोलिने व्यहोरा अनुरोध छ।’ राहदानी बनाउन अहिले अग्रिम बुकिङ गर्नुपर्छ। तर, सर्भरले थाम्दैन। सर्भरको क्षमता कम हुँदा नयाँ युगमा राहदानी प्रवेश गरेको बताए पनि नागरिकको सास्ती कम छैन ।
‘म राति ३ बजे नै आएर लाइनमा बसेँ, बिहीबार बिहान १० : ५६ बजे कार्यालय परिसरमा भेटिएका बाग्लुङका २७ वर्षीय समिपराज आचार्यले भने, ‘डेढ महिना पहिले नै बुक गरेर आएँ। अहिले त सर्भर चलेको छैन भन्छन् । के गर्ने ?

- ADVERTISEMENT -