–तोकबहादुर तामाङ (प्रकाश)
नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक सम्पदा भएको देश हो । विशेषगरी चितवन एक सामाजिक, आर्थिक, राजनीतिक, ऐतिहासिक, पर्यटनलगायत सबै क्षेत्रले भरिपूर्ण र सुन्दर नगरी हो । उच्च भौगोलिक पहाडदेखि तराईको समथर भूभागसमेत चितवनमा पर्दछ । सघीय संरचनामा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका गरी सात वटा स्थानीय तह रहेको चितवन विशेषतः देशकै ७८ औँ जिल्लाको रुपमा परिचित छ । किनकि यो जिल्ला ७७ वटै जिल्ला जोड्ने मुख्य केन्द्र मात्र नभई देशभरका विभिन्न जातजाति र समुदाय बसोबास रहेको जिल्ला पनि हो । तीमध्ये चितवन जिल्लामा बसोबास गर्ने जातीय समुदायमा तामाङ समुदाय पनि एक हो ।
विशेष गरेर यस जिल्लामा बसोबास गर्ने तामाङहरु धेरै पहिलेदेखि नै गोर्खा, धादिङ, मकवानपुर, रसुवा, काभे्र, सिन्धुपाल्चोक, सिन्धुली, लमजुङ, रामेछापबाट आएर बसोबास गरेको पाइन्छ । यस जिल्लाका हरेक भागहरुमा तामाङ जातिको बसोबास भएको देखिन्छ ।
यस जिल्लामा तामाङ समुदायका मानिसहरु सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक र ऐतिहासिकरूपमा धेरै अघि बढेको देखिन्छ । यसलगायत युवाहरु विभिन्न पेसा, व्यवसायहरुमा समेत सक्रियरूपमा बढ्दै गएको देखिन्छ । तीमध्ये सञ्चार क्षेत्र पनि एक हो ।
तामाङ जातिमा बिस्तारै पढ्न, लेख्न र विभिन्न सीपहरु सिक्दै अघि बढने क्रममा पत्रकारितामा पनि सामेल हुँदै अहिले ठूला ठूला मिडियामा अब्बलरूपमा आफ्नो काम गर्दै आइरहेको देखिन्छ । नेपालकै परिपेक्ष्यमा हेर्ने हो भने पनि सबैभन्दा सुरूमा विसं २००७ सालको परिवर्तनपछि हस्तलिखित पत्रिका छापिएको पाइन्छ । जहाँ तामाङ भाषाको हस्तलिखित पत्रिका
‘म्हेन्दोे’ मोक्तान भाइ र गणेश मोक्तानको सम्पादनमा विसं २०१६ मा भोजपुरबाट प्रकाशन भएको देखिन्छ । अहिलेसम्म स्पष्ट इतिहासलाई हेर्दा ‘म्हेन्दोे’ तामाङको पहिलो पत्रिका हो । यसपछि विभिन्न पत्रपत्रिकाहरु प्रकाशन हुँदै आइरहेको देखिन्छ ।
चितवनको मामिलामा तामाङ पत्रकारहरु धेरै वर्ष अगाडिदेखि पत्रकारितामा नगण्यरूपमा संलन रहे तापनि विसं २०७० सालदेखिचाहिँ तामाङ पत्रकारहरु विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन पत्रिकाहरुमा समेत सक्रियरूपमा कार्यरत रहँदै आएका छन् । केही वर्ष पहिलेको तुलनामा हालको अवस्था हेर्ने हो भने धेरै तामाङ समुदायबाट सञ्चार क्षेत्रमा प्रभाव जमाएको देखिन्छ । चितवनमा नै रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन पत्रिकामा दर्जनौँ तामाङ पत्रकारहरु कार्यरत रहेका छन् । कार्यक्रम प्रस्तोता, समाचार वाचक, लेखक, रिर्पोटरदेखि रेडियो प्राविधिकको रुपमा कार्यरत छन् । यी तामाङ पत्रकारहरुको लेखनशैलीमा पनि तीक्ष्णता छाउँदै आएको छ ।
अन्य जातिको तुलनामा चितवनमा तामाङ पत्रकारहरु धेरै नै सञ्चार क्षेत्रमा संलग्न भएको पाइन्छ । तामाङ पत्रकारको संख्या जति बढ्दै गए पनि समाचार लेखन शैलीको गुणस्तरमा भने कमजोर देखिन्छ तर यसलाई सच्याउँदै पत्रकारिताको क्षेत्रमा अब्बल प्रदर्शन गर्न भने पक्कै धेरै मेहनत गर्नुपर्ने देखिन्छ । अरुको लेखाई देखेर, हेरेर वा पढेर जसरी हुन्छ आफ्नो लेखन शैलीलाई प्रगाढ ढंङ्गले माझिदै अघि बढनुपर्ने आजको अपरिहार्य आवश्यकता हो । हालको तामाङ पत्रकार चितवनलाई हेर्ने हो भने धेरैजसो एसएलसी, प्लस टु पास र स्नातक उत्तीर्ण गरेका तामाङ पत्रकारहरु रहेका छन् । हाल आएर चितवनको एकमात्र पत्रकारिता पढाइ हुने कलेज सप्तगण्डकी बहुमुखी क्याम्पसमा समेत पत्रकारिता विषय अध्ययनमा तामाङहरु आकर्षित हुन थालेका छन् ।
चितवनको पत्रकारितामा मैले विसं २०६८ को पहिलो महिनातिर रेडियो अर्पण टाँडीबाट तामाङ भाषाको कार्यक्रम चलाई सुरू गरेको थिएँ । त्यो बेला रेडियो भनेपछि फुरुक्कै भएर बिनातलबमै काम गर्न हौसिन्थेँ । समाचार लेखन खासै आउँदैन थियो । तर, करिब २०७२ सालको भूकम्प आएलगत्तै पश्चिम चितवनको रेडियोे शिवशक्तिबाट समाचार लेखन, समाचार वाचनसहित अन्य विभिन्न कार्यक्रमहरु गर्न सिक्दै अघि बढेँ ।
सोही समयदेखि नै चितवनको तामाङ सञ्चार समूहमा संस्थागतरूपमा सहभागी हुने मौका पाएँ । त्यसपछि आजको दिनसम्ममा आइपुग्दा तामाङ पत्रकार संघ चितवनको तेस्रो कार्यसमितिको सचिवको रुपमा कार्यरत रहेको छु । यसैगरी तामाङ पत्रकार संघ चितवनबाट मात्रै हाल तीन जना पत्रकारहरु पत्रकार महासंघ चितवनमा आबद्ध हुनुहुन्छ ।
चितवनको सन्दर्भमा नेपाली पत्रकारितामा तामाङ पत्रकारको अवस्था एक त चुनौती छ अर्को अवसर पनि । यी दुवैलाई नियाल्दा विशेषगरी अवसरभन्दा पनि चुनौती बढी देखिएको छ । अन्य पत्रकारको तुलनामा हामी तामाङ पत्रकारहरु व्यावसायिक पत्रकारितामा निकै पछाडि रहेका छौँ । तामाङ भाषामा समाचार प्रसारण भएको २५ वर्ष पूरा भएको अवस्थामा अब तामाङ पत्रकारिताको स्तरीयताको मापन गर्ने बेला आएको छ । मिडियामा तामाङ पत्रकार भई हिँड्न र देख्दा जति सजिलो लागे पनि त्यति सजिलो भने छैन । नेपाली भाषामा पत्रकारिता गर्नलाई भाषासम्बन्धी विज्ञसँग राम्रो ज्ञान लिन चुनौती रहेको छ । कुनै पनि रेडियोमा कार्यक्रम सञ्चालन गर्नु, सेलो जुहारी बजाएर मात्रै पनि तामाङ पत्रकारिता अघि बढ्न सक्दैन । समाचार लेखन शैली मुख्य कुरा हो र यसलाई सही तबरले पाठक माझ पु-याउनु एउटा पत्रकारको प्रमुख दायित्व हो । हामी तामाङ पत्रकार धेरैजसो लेख्न र बोल्नमा पनि धेरै कमजोर छौँ । लेखाइ र बोलाइमा अरुको सहायता कयौँपटक आवश्यक परिरहेको हुन्छ । जुनकुरामा हामी अत्यन्तै संवेदनशील भएर आफैँ लाग्नुपर्ने हुन्छ । बोली र लेखनमा सभ्य, स्पष्ट र शुद्ध तबरले प्रयोग गरिनुपर्दछ । जसले गर्दा अरु पाठक वा श्रोताले स्पष्ट बुझ्न सकोस् । यी विविध कुराहरुको कमजोरीले गर्दा कार्यरत सञ्चार संघसंस्थाले उचित पारिश्रमिक र सेवा सुविधा दिइरहेको अवस्था छैन । अझ कतिले त धम्कीसमेत दिइरहेको हुन्छ । त्यो अवस्थामा धैर्य गरेर आफैँलाई निखार्न आवश्यक देखिन्छ ।
कुनै पनि सञ्चार संस्थामा आबद्ध हुन चाहना राखेको खण्डमा पनि तामाङ पत्रकारले राजनीतिक पार्टीको सदस्यता लिनुपर्ने, उनीहरुको चाकडी गर्नुपर्ने, उचित स्थानका लागि विभिन्न बहानामा पारेर झुलाइराख्ने गरेकोसमेत समस्या वर्तमान अवस्थामा भोग्नुपरेको छ ।
त्यसैले अबदेखि तामाङ पत्रकारले यी सबै कुरालाई मध्यनजर गरी समाचारको शब्द चयन, लेखनशैली र बोल्ने शैलीको राम्रोसँग विकास गर्नुपर्ने देखिन्छ । जसले गर्दा भविष्यमा कोही कसैबाट समस्या र दुःख भोग्न नपरोस् । विशेषतः तामाङ पत्रकारहरु अध्ययनशील हुन जरूरी छ ।
अहिले प्रतिस्पर्धाको जमाना भएकाले कोही व्यक्ति वा समुदायसँग तुलना नगरी आफ्नो खुट्टामा आफैँ उभिँदै, निखार्दै अघि बढ्न सकियो भने हाम्रा वर्तमान र भविष्यमा आइपर्ने सबै खालका चुनौतीहरुलाई सामना गर्न सक्छौँ । र, ठूलाठूला अवसरहरुले पछ्याउँदै आउने छ । जसले गर्दा हामीलाई गर्व गर्ने बाटो खुल्ला हुनेछ । जोन म्याक्सवेले Readers are Leaders भनेझैँ हरेक गतिविधिहरुको बारेमा जानकारी लिनका लागि अध्ययनशील भई क्रियाशील रहँदै अघि बढ्नु आजको प्रमुख आवश्यकता हो ।
अन्त्यमा, चितवनमै पहिलोपटक प्रकाशन हुन लागेको यो तामाङ पत्रकारिता चितवन नामक स्मारिकामा मेरो केही भनाइहरु पस्कने अवसर दिनुहुने तामाङ पत्रकार संघ चितवन परिवारलाई विशेष आभारका साथै तामाङ समुदायको महान् पर्व मञ्जुश्री २८५८ औँ सोनाम ल्होछारको पावन अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
(लेखक तामाङ पत्रकार संघ चितवनका सचिव हुन् ।)
- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा तामाङ पत्रकारको वर्तमान अवस्था र चुनौती

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.98
154.58

European Euro
1
173.17
173.84

UK Pound Sterling
1
203.95
204.75

Swiss Franc
1
185.24
185.96

Australian Dollar
1
107.32
107.74

Canadian Dollar
1
107.91
108.33

Singapore Dollar
1
120.44
120.91

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.97
23.06

Saudi Arabian Riyal
1
41.02
41.18

Qatari Riyal
1
42.24
42.41

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.93
42.09

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
11.50
11.55

Swedish Kroner
1
15.39
15.45

Danish Kroner
1
23.17
23.26

Hong Kong Dollar
1
19.62
19.70

Kuwaity Dinar
1
499.69
501.64

Bahrain Dinar
1
408.41
410.00

Omani Rial
1
399.95
401.51














