चितवन / भरतपुरमा जारी दोस्रो राष्ट्रिय महिला लिगमा त्रिभुवन आर्मी फुटबल क्लब र विराटनगरले पहिलो जित दर्ता गरेको छ । आइतबार भएको खेलमा आर्मीले ललितपुरलाई तथा विराटनगरले वालिङलाई पराजित गरेको हो ।
पहिलो खेलमा आर्मीले ललितपुरलाई ७–० को फराकिलो अन्तरले पराजित ग¥यो । आर्मीको जितमा शर्मिला थापा मगर र रश्मी घिसिङले समान दुई–दुई गोल गरे । बिमला चौधरी र कुसुम खतिवडाले एक–एक गोल गरे । आर्मीले एक गोल भने उपहार पाएको थियो ।
पहिलो हाफमा नै ललितपुरको पोष्टमा ५ गोल ग¥यो । खेलको ८ औं मिनेटमा बिमलाले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाईन् । उनले हेमा चौधरीको क्रसमा गोल गरिन् ।
लगत्तै १२औं मिनेटमा शर्मिलाले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाइन् । उनले बिमलाको क्रसमा गोल गरेकी हुन् । १५औं मिनेटमा शर्मिलाले गर्दै आर्मीलाई ३–० को अग्रता दिलाईन् । २४औं मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीको अग्रता ४–० बनाईन् ।
४०औं मिनेटमा रश्मीले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा आर्मीले ५–० को अग्रता लियो । पहिलो हाफमा ललितपुरले केही अवसर सृजना गरे पनि आर्मीको डेन्फेन्स तोड्न सकेन ।
५९औं मिनेटमा आर्मीले उपहार गोल पायो । बल क्लियर गर्न खोज्दा ललितपुरकी कप्तान सिर्जना सिंहले आफ्नै पोष्टमा गोल गरिन् । ८१ औ मिनेटमा आर्मीले ७–० को अग्रता लियो । दोस्रो हाफमा मैदान प्रवेश गरेकी कुशुम खतिवडाले डिबक्स भित्रबाट सुन्दर गोल गरिन् ।
दोस्रो हाफमा ललितपुरले सुधारिएको प्रदर्शन गरे पनिगोल फर्काउन सकेन । खेलको प्लेयर अफ दि क्याच आर्मीकी शर्मिला भईन् ।
यो जितसँगै आर्मीले तालिकामा दुई खेलबाट तीन अंक जोडेको छ । आर्मी पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लबसँग पराजित भएको थियो । पराजित ललितपुरको पनि दुई खेलबाट समान अंक छ । ललितपुरले पहिलो खेलमा चन्द्रपुरलाई पराजित गरेको थियो ।
आजको दोस्रो खेलमा विराटनगरले वालिङलाई ३–१ ले पाखा लगायो । विराटनगरको जितमा भारतीय खेलाडी मिना खातुनले दुई तथा अस्मिता चौधरीले एक गोल गरिन् । वालिङकी सुस्मिता तामाङले एक गोल फर्काईन् ।
खेलको १३औं मिनेटमा मिनाले गोल गर्दै विराटनगरलाई अग्रता दिलाएकी थिईन् । वालिङका डिफेन्डर र गोलकिपर बिट भएको अवस्थामा उनले बललाई जाली चुमाईन् ।
लगत्तै १७औं मिनेटमा मिनाले नै व्यक्तिगत दोस्रो गोल गर्दै विराटनगरलाई दोहोरो अग्रता दिलाइन् । वालिङको गोलकिपर अगाडि बढेको फाइदा उठाउदै उनले एकल प्रयासमा सुन्दर गोल गरिन् ।
३०औं मिनेटमा विराटनगरकालागिअस्मिताले तेस्रो गोल गरिन् । अगाडि बढेकीवालिङको गोलकिपरलाई बिट गर्दै अस्मिताले विराटनगरलाई ३–० लो अग्रता दिलाईन् ।
८५औं मिनेटमा वालिङकी सुस्मिताले गोल फर्काइन् । डिबक्स भित्रबाट उनले सुन्दर गोल गरिन् । खेलको अन्त्यतिर वाकिङ आक्रमक खेल प्रस्तुत गरे पनिहार टार्न सकेन । खेलको प्लेयर अफ म्याच वालिङकी कप्तान मनमाया दमाई भईन् ।
यो जितपछि विराटनगरले दुई खेलबाट ३ अंकबनाएको छ । विराटनगर पहिलो खेलमा नेपालपुलिस क्लबसँग पराजित भएको थियो । समान खेल खेलेको वालिङ अंकबिहिन छ । वालिङ पहिलो खेलमा धनगढीसँग पराजित भएको थियो ।
लिगमा सोमबार पनि दुई खेल हुनेछ । सोमबारको पहिलो खेलमा दिउँसो १ः१५ बजे धनगढी र ललितपुर बीच हुनेछ भने दोस्रो खेलमा दिउँसो ४ बजे दुई बिभागीय टोली नेपाल पुलिस र सशस्त्र प्रहरी बल (एपिएफ) भिड्ने छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

दोश्रो राष्ट्रिय महिला लिग : आर्मी र विराटनगरको जित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.98
154.58

European Euro
1
173.17
173.84

UK Pound Sterling
1
203.95
204.75

Swiss Franc
1
185.24
185.96

Australian Dollar
1
107.32
107.74

Canadian Dollar
1
107.91
108.33

Singapore Dollar
1
120.44
120.91

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.97
23.06

Saudi Arabian Riyal
1
41.02
41.18

Qatari Riyal
1
42.24
42.41

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.93
42.09

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
11.50
11.55

Swedish Kroner
1
15.39
15.45

Danish Kroner
1
23.17
23.26

Hong Kong Dollar
1
19.62
19.70

Kuwaity Dinar
1
499.69
501.64

Bahrain Dinar
1
408.41
410.00

Omani Rial
1
399.95
401.51













