Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ललितपुर विरुद्ध आर्मीको सहज जीत

प्रकाशित मिति : २०७८ चैत्र १३ गते

चितवन / दोस्रो राष्ट्रिय महिला लिगमा त्रिभुवन आर्मी फुटबल क्लबले फराकिलो जित हात पारेको छ । आज (आइतबार) भएको पहिलो खेलमा आर्मीले ललितपुरलाई ७–० ले पराजित ग¥यो ।
आर्मीको जितमा शर्मिला थापा मगर र रश्मी घिसिङले समान दुई दुई गोल गरे । बिमला चौधरी र कुसुम खतिवडाले एक–एक गोल गरे । आर्मीले एक गोल भने उपहार पाएको थियो ।
पहिलो हाफमा नै ललितपुरको पोष्टमा ५ गोल ग¥यो । खेलको ८ औं मिनेटमा बिमलाले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाईन् । उनले हेमा चौधरीको क्रसमा गोल गरिन् ।
लगत्तै १२ औं मिनेटमा शर्मिलाले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाइन् । उनले बिमलाको क्रसमा गोल गरेकी हुन् । १५ औं मिनेटमा शर्मिलाले गर्दै आर्मीलाई ३–० को अग्रता दिलाईन्। २४ औं मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीको अग्रता ४–० बनाईन् ।
४० औं मिनेटमा रश्मीले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा आर्मीले ५–० को अग्रता लियो । पहिलो हाफमा ललितपुरले केही अवसर सृजना गरे पनि आर्मीको डेन्फेन्स तोड्न सकेन ।
५९ औं मिनेटमा आर्मीले उपहार गोल पायो । बल क्लियर गर्न खोज्दा ललितपुरकी कप्तान सिर्जना सिंहले आफ्नै पोष्टमा गोल गरिन् । ८१ औ मिनेटमा आर्मीले ७–० को अग्रता लियो । दोस्रो हाफमा मैदान प्रवेश गरेकी कुशुम खतिवडाले डिबक्स भित्रबाट सुन्दर गोल गरिन् । दोस्रो हाफमा ललितपुरले सुधारिएको प्रदर्शन गरे पनि गोल फर्काउन सकेन । खेलको प्लेयर अफ दि क्याच आर्मीकी शर्मिला भईन् ।
यो जितसँगै आर्मीले तालिकामा दुई खेलबाट तीन अंक जोडेको छ । आर्मी पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लबसँग पराजित भएको थियो । पराजित ललितपुरको पनि दुई खेलबाट समान अंक छ । ललितपुरले पहिलो खेलमा चन्द्रपुरलाई पराजित गरेको थियो । दोस्रो खेलमा अहिले वालिङ र विराटनगर भिडैछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51