Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनका १६६ पत्रकारको संकलन गरियो रगतको नमूना

प्रकाशित मिति : २०७८ चैत्र १४ गते

चितवन / नेपाल पत्रकार महासंघ चितवनसँग आवद्ध १६६ जना पत्रकारको रगत नमूना संकलन गरिएको छ । नेपाल पत्रकार महासंघको ६७औं स्थापना दिवस र भरतपुर अस्पतालको वार्षिकोत्सवको अवसरमा सोमबार रगतको नमूना संकलन गरिएको हो ।
१६६ जना पत्रकारको रगतको नमूना संकलन गरिएको भरतपुर अस्पताल प्रयोगशालाका प्रमुख उर्मिला कँडेलले जानकारी दिइन् ।
उक्त नमूनाबाट कलेजो रोग, मृगौला रोग, मधुमेह, थाईराईड, रगतमा बोसोको मात्रा, सिबिसि (ब्लड इन्फेक्सन), तीन महिनासम्म सुगरको अवस्था जनाउने एचबिए वान सि, रगतमा हेमोग्लोबिनको मात्रा, रक्त समूह लगायत ८ प्रकारका परीक्षण गरिने छ ।
यही चैत १६ गते डा. भोजराज अधिकारीको नेतृत्वमा भरतपुर अस्पतालका बरिष्ठ चिकित्सकले रगतको रिपोर्ट हेर्ने र परीक्षण गर्नुहुनेछ ।
भरतपुर अस्पतालका चिकित्सकले महासंघको कार्यालयमै आएर परीक्षण गर्ने व्यवस्था गरिएको महासंघका स्वास्थ्य कार्यक्रम संयोजक विप्लव काफ्लेले बताए । स्वास्थ्यमा थप समस्या देखिएमा भरतपुर अस्पताल र अन्य अस्पतालमा थप उपचारको समन्वय गरिने उनको भनाई छ ।
परीक्षणपछि आवश्यक परेमा उपलब्ध औषधि समेत निःशुल्क व्यवस्था गरिएको छ । नेपाल औषधि व्यवसायी संघ चितवनले औषधि सहयोग गर्नेछ ।
नमूना संकलन कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेल, महासंघका अध्यक्ष नारायण अधिकारी, पूर्व अध्यक्षहरु महेन्द्र श्रेष्ठ, जनक अर्याल, कृष्ण गिरी, हरि पोखरेल, भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेल लगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23