Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सर्वोच्च अदालतको न्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत

प्रकाशित मिति : २०७८ चैत्र १५ गते

काठमाडौँ / सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । आज मंगलबारको बैठकमा उहासँग अनुभव, सोच, भावी योजना र अवधारणासम्बन्धी जानकारी लिएपछि समितिले सर्वसम्मतिले नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
नेपालको न्याय क्षेत्रमा देखिएको ढिलासुस्ती अन्त्य गर्दै सेवाग्राहीलाई अदालतप्रति सम्मान बढाउन उनले विभिन्न समय र स्थानमा रही चालेका कदमको समिति सदस्यले सो अवसरमा प्रशंसासमेत गरेका थिए ।
न्यायाधीश श्रेष्ठले पोखरा, राजविराज र विराटनगर उच्च अदालतमा रहँदा दुई वर्ष नाघेका मुद्दा शून्यमा झार्नुभएको तथा सबैभन्दा बढी मुद्दा छिनोफानो गर्ने न्यायाधीशका सूचीमा पर्दैै आउनुभएको छ ।
न्याय परिषद्ले उनको नाम सर्वोच्च अदालतका लागि मनोनयन गरी संसदीय सुनुवाइका लागि गत फागुन २७ गते समितिमा पठाएको थियो ।
उनले अदालतमा मुद्दा छिनोफानोका क्रममा विद्युतीय प्रणाली अवलम्बन, पेसी र फैसला तयारीबारे सेवाग्राहीलाई जानकारी, स्थानीय तहका पदाधिकारीसँग मुद्दा छिनोफानोका सम्बन्धमा अन्तक्र्रिया र प्रशिक्षण, अदालतमा निःशुल्क कानुनी फाँट, न्यायिक सञ्जाल, ‘मिट दि जज’ तथा फैसलामा हार्ने पक्षलाई चित्त बुझाउने फैसला लेखनजस्ता महत्वपूर्ण कार्यको सुरुआत गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23