काठमाडौँ / सरकारले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप पनि समावेश गर्ने घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको एक कार्यक्रमम सो अभियानको घोषणा गरिएको जनाएको हो ।
राष्ट्रिय खोप कार्यक्रमलाई सरकारको पहिलो प्राथमिकता एवं जनस्वास्थ्यको सफल कार्यक्रमको रुपमा लिइएको छ । हाल यो कार्यक्रममार्फत १२ वटा एन्टिजेनसमेत समावेश गरी नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट बालबालिकाको बिरामी दर, अपाङ्गता र शिशु तथा बाल मृत्युदरसमेतमा उल्लेख्य कमी आउन सकेको सो अवसरमा जानकारी दिइयो ।
नेपालमा अझैपनि टाइफाइड रोगको उच्च सङ्क्रमण र जोखिमी रहनाका साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँचभित्र रहेको देखिएको छ । यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा देशैभर अभियानमार्फत सञ्चालन गरी त्यसपछि नियमित खोपमार्फत १५ महिनाका बालबालिकालाई निरन्तर उपलब्ध गराइने जनाइएको छ ।
कार्यक्रममा मन्त्रालयका सचिव रोशन पोखरेलले यस अभियानको व्यवस्थित र प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि सबै पक्षसँग आग्रह गर्नुभयो । परिवारकल्याण महाशाखाका निर्देशक डा विवेहकुमारलाल, विश्व स्वास्थ्य सङ्गठनका विनोद बुरालगायतले पनि टाइफाइड खोपको आवश्यकता र अभियानका बारेमा आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

टाइफाइड खोप अभियान : चैत २५ देखि वैशाख १८ गतेसम्म लगाइने घोषणा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.16
152.76

European Euro
1
170.13
170.80

UK Pound Sterling
1
201.45
202.25

Swiss Franc
1
182.73
183.45

Australian Dollar
1
106.10
106.52

Canadian Dollar
1
106.72
107.14

Singapore Dollar
1
118.88
119.34

Japanese Yen
10
9.63
9.66

Chinese Yuan
1
22.73
22.82

Saudi Arabian Riyal
1
40.51
40.67

Qatari Riyal
1
41.74
41.91

Thai Baht
1
4.53
4.55

UAE Dirham
1
41.43
41.59

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
11.36
11.41

Swedish Kroner
1
15.22
15.28

Danish Kroner
1
22.76
22.85

Hong Kong Dollar
1
19.39
19.46

Kuwaity Dinar
1
493.55
495.49

Bahrain Dinar
1
402.81
404.39

Omani Rial
1
395.22
396.77











