April 30, 2025

प्रधानमन्त्री देउवा तीनदिने औपचारिक भ्रमणकोलागि भारत जाँदै 

April 1, 2022
- ADVERTISEMENT -

काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत प्रस्थान गर्दै छ न।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन्। देउवाको भारत भ्रमण तीनको रहने छ।
भ्रमण कार्यक्रमअनुसार शुक्रबार दिउँसो २ः५० बजे प्रधानमन्त्री देउवा भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन्। आजै दिउँसो ४ः३० बजे भारतीय विदेशमन्त्री एस। जयशंकरले होटल आइटीसीमा प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। शुक्रबारको कार्यक्रम यही अन्त हुनेछ।
शनिबार स्थानीय समयअनुसार बिहान १०ः४० बजे प्रधानमन्त्री देउवा राजघाट जानेछन्। सोही दिन ११ः१० बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्।
मोदीसँगको भेटवार्तापछि हैदरावाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ। बैठक सम्पन्न भएपछि मध्यान्ह १२ः१५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। त्यसपछि संयक्तु विज्ञप्ति जारी गरिनेछ।
शनिबार नै दिउँसो ४ः३० बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन्।
प्रधानमन्त्री देउवा आइतबार बिहान ९ बजे उत्तर प्रदेशको वाराणासी पुग्ने कार्यक्रम छ। वाराणासीबाट पुनः नयाँदिल्ली आई उनी त्यहाँबाट ४ः१५ बजे स्वदेश फर्कने कार्यतालिका रहेको छ।

- ADVERTISEMENT -