चितवन / राष्ट्रिय महिलालिग फुटबलमा धनगढीले फराकिलो जित दर्ता गरेको छ । लिगको बिहीबार सम्पन्न दोस्रो खेलमा धनगढीले ललितपुरलाई ६–० ले हराएको हो ।
एकतर्फी खेलमा धनगढीलाई जिताउन कप्तान चन्द्रा भण्डारीले दुई तथा अन्जना थुलुङ राई, ममता पुन, बिर्सना चौधरी र अनिता लम्जेलले समान एक–एक गोल गरे ।
खेलको नवौं मिनेटमा नै धनगढीले ललितपुरविरुद्ध अग्रता लिएको थियो । धनगढीका लागि अन्जनाले पहिलो गोल गरिन् । १६ औंमिनेटमा चन्द्राले गोल गर्दै धनगढीको अग्रता दोब्बर बनाईन् ।
३९ औं मिनेटमा ममताले गोल गर्दै धनगढीलाई ३–० को अग्रता दिलाईन् । दोस्रो हाफमा धनगढीले ३ गोल थप्यो । ५५ औं मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो गोल गरेपछि धनगढीले ४–० को अग्रता लियो ।
६५ औं मिनेटमा बिर्सनाले धनगढीका लागि पाँचौ गोल गरिन् । ७० औं मिनेटमा अनिताले गोल गर्दै धनगढीलाई ६–० को फराकिलो जित दिलाईन् । खेलको प्लेयर अफ दि म्याच धनगढीकी बिर्सना घोषित भईन् ।
जारी लिगमा धनगढीको यो लगातार तेस्रो जित हो । यसअघि धनगढीले पहिलो खेलमा वालिङलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको थियोभने दोस्रो खेलमा चन्द्रपुरलाई २–१ ले हराएको थियो ।
ललितपुरको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा चन्द्रपुरलाई १–० ले हराएको ललितपुर दोस्रो खेलमा त्रिभुवन आर्मीसँग ७–० ले पराजित भएको थियो ।
यो जितपछि धनगढी अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । तीन खेलमा शतप्रतिशत नतिजा निकालेको धनगढीको ९ अंक छ । समान खेलबाट ललितपुरले ३ अंक जोडेको छ । तीन खेलबाट ९ अंक नै भएपनि सशस्त्र प्रहरी बल (एपिएफ)गोल आधारमा दोस्रो स्थानमा छ ।
राष्ट्रिय महिला लिग : धनगढीको फराकिलो जितसँगै शिर्ष स्थान
April 1, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
