२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गैँडाकोटका विपन्न ३ परिवारलाई सिलाई मेसिन प्रदान

प्रकाशित मिति : २०७८ चैत्र १८ गते
- ADVERTISEMENT -

गैंडाकोट / गैंडाकोट वडा नं. ५ का विपन्न परिवारका दलित लक्षित कार्यक्रम अन्तरगत ३ जनाले सिलाई मेसिन प्राप्त गरेको छ । वडाबाट विनियोजित बजेटबाट वडाका तीनजना दलित महिलाहरुलाई सिलाई मेसिन बिहीबार वितरण गरिएको हो ।
वडा नं. ५ का वडा अध्यक्ष नवराज कँडेलले उनीहरुलाई सिलाई मेशिन हस्तान्तरण गरेका हुन् । सिलाई मेशिन प्राप्त गर्नुहुने शोभा नेपाली, पार्वती सुनार र संगीता सुनार रहेका छन् ।
वडा अध्यक्ष कँडेलले सिलाई मेसिन मार्फत आफ्नो आय बढाउन आग्रह गरे । उनले सिप भएर पनि मेसिनको अभावमा बस्नु परेका दिदिबहिनीहरुको आर्थिक विकासमा यसले थोरै भएपनि टेवा पुग्ने बताए ।
वडाले यो शिर्षकमा प्रत्येक वर्ष वजेट बिनियोजन गर्ने गरेको र यसवर्ष कुल ४० हजार २ सय मुल्य बरावरको सिलाई मेसिन वितरण गरिएको वडासदस्य कुमारी रेखा पौडेलले जानकारी दिनुभयो ।
उक्त समारोहमा वडा सदस्यहरू कुमारी रेखा पौडेल सहित हरि ढकाल, भिमबहादुर कुमाल र पार्वती सापकोट एवं समाजसेवी कृष्ण पौडेल र खिमनन्द सापकोटाको पनि सहभागिता थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -