April 19, 2025

भरतपुर आसपासका क्षेत्रमा सात घण्टा विद्युत अवरुद्ध

April 2, 2022
- ADVERTISEMENT -

चितवन / भरतपुर महानगरपालिका आसपास क्षेत्रमा आज शनिबार विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण चौनौती वितरण केन्द्रबाट वितरित मेघौली फिडरमा बिहान ६ बजेदेखि १ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
चनौली वितरण केन्द्रका अनुसार मेघौली फिडरको मिलनचोक गीतानगर क्षेत्रमा ११ केभी लाइन अपग्रेड गर्नुपर्ने भएकोले सेवा अवरुद्ध हुने भएको हो । भरतपुरको ज्योतिनगर, खत्रौली, पर्साढाप, खयरघारी, तैलौली, जितपुर, गोलाघाट र शोसी आसपासमा स्थानमा सात घण्टा लाइन काटिने केन्द्रले जनाएको छ ।
काम चाँडै सकिएको खण्डमा निर्धारित समय अगावै लाइन सुचारु हुने समेत केन्द्रले जानकारी दिएको छ । लाइन अपग्रेड गर्दा उक्त वितरण केन्द्रको पोल प्रयोग गर्ने टेलिफोन तथा इन्टरनेटका तारहरु यथाशिघ्र व्यवस्थापन गर्न पनि आग्रह गरिएको छ ।

- ADVERTISEMENT -