चितवन / भरतपुर ७ कृष्णपुरमा ‘कृष्णपुर तेक्वान्दो डोजाङ तथा बीग डान्स स्टुडियो’ संचालनमा आएको छ । मनोरञ्जनसहित आत्मरक्षा सिकाउनेगरी भरतपुर ७ कृष्णपुरमा उक्त तेक्वान्दो डोजाङ तथा डान्स स्टुडियो संचालनमा आएको हो ।
भरतपुर महानगर खेलकुद विकास समितिका अध्यक्ष विकास श्रेष्ठले शनिबार उद्घाटन गरेका हुन् । अध्यक्ष श्रेष्ठले स–साना वालवालिकादेखि प्रतिस्पर्धामा रहने खेलाडीहरुले समेत निरन्तर अभ्यास गर्न सक्ने बताए । बाहिर पर्याप्त संरचना नहुँदा तेक्वान्दो खेलमा अभ्यास गर्न अभाव भइरहेको र अहिले संचालनमा आएको ठाउँमा दक्ष प्रशिक्षकहरुले तालिम दिने उनको भनाइ थियो ।
उनले निजी रुपमा संचालित भएपनि यसले समाजका महिला पुरुषलाई तेक्वान्दोमा लाग्न प्रेरित गर्ने र नृत्य समेत सिक्न पाइने भएकाले बहुमुखी प्रतिभाको प्रष्फुटनसँगै थप सिप सिक्ने अवसर मिल्ने बताए । खेल समाजको चासो र महत्व रहने भएकाले आफ्ना वालवालिकालाई खेलप्रति रुचि जगाउन अभिभावकहरुप्रति उनको आग्रह थियो ।
थर्डडन ब्ल्याक बेल्टको सर्टिफिकेट प्राप्त गर्न सफल स्टुडियोका संचालिका नीता श्रेष्ठका अनुसार विहान डान्स सहितको जुम्बा कक्षा र बेलुकी पाँच बजेदेखि तेक्वान्दो कक्षा हुनेछ । गरिव परिवारका खेलप्रति इच्छुक महिला पुरुषलाई निःशुल्क समेत तालिम दिइरहेको भन्दै नाफा कमाउन नभई अझ बढी महिलाहरुलाई आत्मरक्षाको तालिम दिन कृष्णपुर तेक्वान्दो डोजाङ र बीग डान्स स्टुडियो जुम्बा हाउस संचालनमा ल्याएको बताइन् ।
मार्सल आर्ट सिकाइने उक्त स्टुडियो १२ धुर क्षेत्रफलमा करिव २४ लाखको लागतमा सुविधासम्पन्न छ । आफू समेत यसै खेलको खेलाडि भएको र यसैको माध्यमबाट सरकारी सेवामा समेत प्रवेश गर्ने अवसर पाएको बताइन् । यो खेलले आत्मरक्षा र आत्मविश्वास बढाउन ठूलो मद्दत मिल्ने भएकाले आफ्ना बालवालिका पठाएर सहयोग गर्न उनको आह्वान छ । अझ बढी महिलाहरुलाई जोड दिएको र आत्मरक्षाको ज्ञान सिकेर आफूलाई सक्षम गराउन उनको आग्रह छ ।
संगीतको आनन्दमा सिकाइने भएकाले चाँडै र सजिलै सिक्न सकिने समेत उनको दावी छ । तेक्वान्दोमै लाग्ने हो भने भविष्यपनि राम्रो भएको भन्दै स्वस्थ र सुरक्षाका लागि यो खेल सिक्न आउन उनले आग्रह गरिन् । भर्ना हुन आउने वालवालिकाहरुलाई पोषाक सहित रु. २ हजार लिएर कक्षा प्रदान गरिएको श्रेष्ठले बताइन् ।
कृष्णपुर खेलमैदान नजिकै संचालनमा आएको उक्त स्टुडियो उद्घाटनका अवसरमा मार्सल आर्टका विभिन्न कला प्रस्तुत गरिएको थियो । कार्यक्रममा चितवन फुटवल संघका अध्यक्ष श्रीकृष्ण कार्की, राष्ट्रिय तेक्वान्दो संघ चितवनका कोषाध्यक्ष बालद गुरुङ, राष्ट्रिय तेक्वान्दो संघ गैँडाकोट नगर समितिका अध्यक्ष गोपाल परियार सहित अभिभावकहरुको सहभागीता रहेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा सुरु भयो कृष्णपुर तेक्वान्दो डोजाङ र बीग डान्स स्टुडियो

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.64
152.24

European Euro
1
170.70
171.38

UK Pound Sterling
1
202.19
202.99

Swiss Franc
1
184.14
184.87

Australian Dollar
1
105.56
105.97

Canadian Dollar
1
107.12
107.55

Singapore Dollar
1
118.55
119.02

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.68
22.77

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.60
41.76

Thai Baht
1
4.54
4.56

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.15
37.30

South Korean Won
100
11.40
11.45

Swedish Kroner
1
15.33
15.39

Danish Kroner
1
22.84
22.93

Hong Kong Dollar
1
19.32
19.40

Kuwaity Dinar
1
492.10
494.05

Bahrain Dinar
1
401.43
403.02

Omani Rial
1
393.87
395.42











