काठमाडौं / माधवकुमार नेपालसहित १४ सांसद र एकीकृत समाजवादीको वैधानिकताको मुद्दाको सुनुवाइ गर्न अस्वीकार गरिएको छ । न्यायाधीश नहकुल सुवेदीले माधवकुमार नेपालसहित उनीहरुको वैधानिकताको मुद्दाको सुनुवाइ गर्न अस्वीकार गरेका हुन् । न्यायाधीश सुवेदीले इजलासमै बस्न अस्वीकार गरेपछि उक्त मुद्दाको आइतबार हुने भनिएको सुनुवाइ रोकिएको हो ।
सर्वोच्च अदालतको आइतबारको दैनिक पेशीसूचीअनुसार न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुने तयारी थियो । न्यायाधीश सुवेदीले यसअघि नै सोही प्रकृतिको मुद्दाअन्तर्गत एमालेबाट एकीकृत समाजवादी रोजेका सोमप्रसाद पाण्डेको मुद्दा हेरेको भन्दै आइतबारको मुद्दाको सुनुवाइ नगर्ने अडान लिएका हुन् ।
यसअघि सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडा र कुमार चुँडालको इजलासले फैसलाका लागि पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो। फैसलाका लागि मिति भने तोकिएको छैन । सोही मिति आजको इजलासले तोक्ने सम्भावना थियो तर न्यायाधीश सुवेदीले इजलासमा बस्न अस्वीकार गरेका हुन्।
एमाले अध्यक्ष केपी ओलीले एमालेले साधारण सदस्य र सांसद सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको तथा तिनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। गत १७ भदौमा परेको रिट निवेदनमा पटक–पटक सुनुवाइ सर्दै आएको छ ।
एमालेले नेकपा एसका सांसदहरु माधवकुमार नेपाल, विरोध खतिवडा, रामकुमारी झाक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी र कलिला खातुनलाई निष्कासन गरेको थियो ।
भदौ १८ देखि उक्त मुद्दामा निरन्तर बहस चल्दै आएको छ । यो बीचमा सातपटक हेर्न नभ्याउनेमा परेको थियो भने एकपटक स्थगित भएको थियो।।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

नेपालसहित १४ सांसद मुद्दाको सुनुवाइ स्थगित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.48
155.08

European Euro
1
173.05
173.72

UK Pound Sterling
1
204.42
205.21

Swiss Franc
1
186.06
186.79

Australian Dollar
1
107.90
108.32

Canadian Dollar
1
108.35
108.77

Singapore Dollar
1
120.62
121.09

Japanese Yen
10
9.76
9.79

Chinese Yuan
1
23.08
23.17

Saudi Arabian Riyal
1
41.12
41.28

Qatari Riyal
1
42.42
42.58

Thai Baht
1
4.61
4.63

UAE Dirham
1
42.06
42.22

Malaysian Ringgit
1
37.82
37.96

South Korean Won
100
11.52
11.57

Swedish Kroner
1
15.45
15.51

Danish Kroner
1
23.15
23.24

Hong Kong Dollar
1
19.68
19.76

Kuwaity Dinar
1
501.31
503.26

Bahrain Dinar
1
409.06
410.64

Omani Rial
1
401.24
402.80













