चितवन / त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो महिला लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आज (मंगलबार)भएको पहिलो खेलमा आर्मीले वालिङलाई १०–० को फराकिलो अन्तरले पराजित गरेको हो ।
भरतपुर १९ स्थित शारदानगर माविको मैदानको भएको खेलमा आर्मीलाई जिताउन सपना लामाले हृयाट्रिक गरिन् । यस्तै शर्मिला थापा मगरले २ तथा दीपा शाही, अमिशा कार्की, रश्मी घिसिङ, कुशुम खतिवडा र हेमा चौधरीले समान एक–एक गोल गरे ।
आर्मीकी खेलको तेस्रो मिनेटमा नै अग्रता लियो । आर्मीका लागि शर्मिलाले पहिलो गोल गरिन् । १५ औं मिनेटमा दीपाले गोल गर्दै आर्मीलाई दोहोरो अग्रता दिलाईन् । लगत्तै १७औं मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मीले ३–० को अग्रता लियो । २४ औं मिनेटमा अमिशाले गोल गरेपछि पहिलो हाफमा आर्मीले ४–० को अग्रता लियो ।
दोस्रो हाफमा मौदान आर्मीले ६ गोल थप्यो । ५३ औं मिनेटमा रश्मीले आर्मीका लागि पाचौं गोल गरिन् । ६२ औं मिनेटमा मैदानप्रवेश गरेकी सपनाले हृयाट्रिक गरिन् । उनले मैदान प्रवेश गरेको दोस्रो मिनेटमा नै गोल गरिन् । ६५ औंमिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मीले ७–० को अग्रता दिलाईन् ।
७५ औं मिनेटमा कुशुमले गोलपछि आर्मीले ८–० को अग्रता लियो । ८२ औंमिनेटमा सपनाले हृयाट्रिक पूरा गरिन् । ८७औंमिनेटमा हेमाले गोल गरेपछि आर्मी १०–० ले विजयीभयो । आर्मीकी दीपा प्लेयर अफ दि म्याच भईन् ।
यो जितपछि आर्मी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पाँच खेलमा आर्मीको ३ जित र दुई हारबाट ९ अंक छ । एक खेल कम खेलेको धनगढी समान अंक भए पनि गोल आधारमा पछि पर्दै तेस्रो स्थानमा झरेको छ ।
आजको दोस्रो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ)एफसीले ललितपुर विरुद्ध सहज जित निकालेको छ । एपिएफले ललितपुरलाई ४–० ले हराएको हो ।
एपिएफलाई जिताउन सावित्रा भण्डारी साम्बा, हिरा कुमारी भुजेल, सरु लिम्बू र रेनुका नगरकोटीले गोल गरे । डिफेन्सिभ खेल खेलेको ललितपुरले पहिलो हाफमा एपिएफलाई गोलरहित बराबरीमा रोकेको थियो । पहिलो हाफमा ललितपुरका डिफेन्डर र गोलकिपर एपिएफका लागि बाधक बने । ललितपुरका डिफेन्डर र गोल किपरले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरे ।
एपिएफलाई गोल निकाल्न ६२ औं मिनेटसम्म कुर्नु प¥यो । ६२ औं मिनेटमा साम्बाले गोल गर्दै एपिएफलाई अग्रता दिलाईन् । ६८ औं मिनेटमा हिरा कुमारीले एपिएफलाई दोहोरो अग्रता दिलाईन् ।
खेलको अन्त्यतिर ललितपुर सम्हालिन नसक्दा थप दुई गोल खायो । निर्धारित समयको खेल सकिएर थप गरिएको ७ मिनेटमा सरु र रेनुकाले गोल गर्दै आर्मीलाई ४–० को सहज जित दिलाए । खेलको प्लेयर अफ दि म्याच एपिएफकी हिरा कुमारी भुजेल घोषित भईन् ।
यो जितपछि शिर्ष स्थानको एपिएफले दोस्रो स्थानको आर्मीसँगको अंक दुरी बढाएको छ । पाँच खेलमा शतप्रतिशत नतिजा निकालेको एपिएफको १५ अंक छ । समान खेल खेलेको आर्मी ९ अंकसहित दोस्रो स्थानमा छ । ललितपुरको समान खेलबाट ३ अंकमात्र छ ।
लिगमा बुधबार पनि दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १ः१५ बजे विराटनगर र धनगढीबीच हुनेछ । यस्तै दोस्रो खेल दिउँसो ४ः१५ बजे चन्द्रपुर र नेपाल पुलिस क्लब बीच हुनेछ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

महिला लिग फुटबल : आर्मी र एपीएफको सहज जित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -












