April 30, 2025

इन्धनमा पुनः मूल्यवृद्धि, पेट्रोल प्रतिलिटर १ सय साठी

April 6, 2022
- ADVERTISEMENT -

काठमाडौं / नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गराएकोे छ । योसँगै पेट्रोल प्रतिलिटर रु. १६० रुपैयाँ पुगेको हो । निगम संचालक समितिको मंगलबार बैठक बसेर गएराति (मंगलबार) १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।
यससँगै काठमाडौं लगायत सम्पूर्ण डिपो तथा विक्री बिन्दुबाट १५ किलोमिटर क्षेत्रभित्र पेट्रोल र डिजेल–मट्टितेलको प्रति लिटर नयाँ खुद्रा बिक्री मूल्य क्रमशः १६० र १४३ रुपैयाँ कायम गरिएको छ ।
यस्तै हवाई इन्धन (आन्तरिक) मा ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ । यस्तै हवाई इन्धन (अन्तर्राष्ट्रिय) अमेरिकी डलर ५० ले बृद्धि भइ प्रतिकिलोलिटर अमेरिकी डलर १,५४५ कायम गरिएको निगमले जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएकाले भाउ बढाइएको निगमको भनाइ छ । निगमले लगातारजस्तै पेट्रोलियम पदार्थको मूल्यबृद्दि गर्दै आईरहेको छ ।

 

- ADVERTISEMENT -