चितवन / राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लबले चन्द्रपुर विरुद्ध कठिन जित निकालेको छ । बुधबार सम्पन्न दोस्रो खेलमा विभागिय टोली पुलिसले चन्द्रपुरविरुद्ध २–१ को संघर्षपूर्ण जित निकालेको हो ।
पुलिसको जितमा मनिषा राउत र रेखा पौडेलले गोल गरे । चन्द्रपुरकी कप्तान रोजिना श्रेष्ठले गोल फर्काईन् । पहिलो हाफमा चन्द्रपुरले पुलिसलाई गोलरहित बराबरीमा रोक्यो । चन्द्रपुरको डिफेन्स पहिलो हाफमा पुलिसका लागि बाधक बन्यो ।
पहिलो हाफ बराबरीमा रोकिएको पुलिसले दोस्रो हाफको तेस्रो मिनेटमा नै अग्रता लियो । ४८ औं मिनेटमा मनिशाले गोल गर्दै पुलिसलाई सुरूवाती अग्रता दिलाईन् ।
पहिलो गोल गरेको दुई मिनेटमा नै पुलिसले दोस्रो गोल ग¥यो । ५० औं मिनेटमा रेखाले गोल गर्दै पुलिसलाई २–० को अग्रता दिलाईन् । दुबै गोल चन्द्रपुरको डिफेन्स र गोलकिपरको तालमेल नमिल्दा भयो ।
५९ औं मिनेटमा चन्द्रपुरकी कप्तानले गोल फर्काईन् । लेफ्ट कर्नरबाट उनले प्रहार गरेको बलले पुलिसकी गोलकिपर उषानाथलाई बिट गर्दै चुम्यो । पहिलो गोलपछि हौसिएको चन्द्रपुरले पुलिस माथि दबाब बनाए पनि गोल फर्काउन सकेन ।
चन्द्रपुरकी दिलकुमारी राना मगर प्लेयर अफ दि म्याच भईन् । यो जितपछि पुलिस पाँच खेलबाट १२ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेल खेलेको चन्द्रपुरको एक अंकमात्रै छ ।
यस अघि बुधबारको पहिलो खेलमा विराटनगरले धनगढीलाई हरायो । विराटनगरले धनगढीलाई १–० ल पराजित गरेको हो । धनगढीको जितमाविपना राईले खेल सकिन एक मिनेट बाँकी रहँदागोल गरिन् ।
खेल अवधिभर दुबै टोलीले गोल गर्ने कमै अवसर पाएका थिए । ८७औं मिनेटमा मैदान प्रवेश गरेकी विपनाले ८९ औं मिनेटमा गोल गरिन् । उनले मैदानप्रवेश गरेकी दोस्रो मिनेटमा नै गोल गरिन् ।
उक्तगोल नै विराटनगरलाई ३ अंक बटुल्न पर्याप्त भयो । विराटनगरकी आशाकुमारी प्लेयर अफ दि म्याच भईन् । यो जितपछि विराटनगर पाँच खेलबाट १० अंक बनाउँदै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेल खेलेको धनगढीको ९ अंक छ ।
लिगमा शनिबार दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १ः१५ बजे नेपाल पुलिस क्लब र ललितपुर बीच हुनेछ । यस्तै दोस्रो खेल दिउँसो ४ः१५ बजे चन्द्रपुर र वाकिङ बीच हुनेछ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

राष्ट्रिय महिला लिगमा पुलिस र विराटनगर कठिन जित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.95
152.55

European Euro
1
170.07
170.74

UK Pound Sterling
1
201.57
202.37

Swiss Franc
1
182.30
183.02

Australian Dollar
1
106.52
106.95

Canadian Dollar
1
106.91
107.33

Singapore Dollar
1
118.53
119.00

Japanese Yen
10
9.59
9.63

Chinese Yuan
1
22.70
22.79

Saudi Arabian Riyal
1
40.46
40.62

Qatari Riyal
1
41.68
41.85

Thai Baht
1
4.53
4.54

UAE Dirham
1
41.37
41.54

Malaysian Ringgit
1
37.22
37.37

South Korean Won
100
11.38
11.42

Swedish Kroner
1
15.25
15.31

Danish Kroner
1
22.75
22.84

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
493.10
495.05

Bahrain Dinar
1
402.20
403.79

Omani Rial
1
394.67
396.23











