Opens in a new tab
२०८३ कार्तिक १, शनिबार
October 17, 2026
२०८३ कार्तिक १, शनिबार
October 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सर्लाहीमा गोली प्रहार गरी एकजनाको हत्या

प्रकाशित मिति : २०७८ चैत्र २४ गते
File photo.

सर्लाही / सर्लाही सदरमुकाम मलंगवामा गोली प्रहार गरी एक युवकको हत्या भएको छ । बुधबार साँझ करिब ७ बजे मलंगवा नगरपालिका–९ रिङरोडमा मोटरसाइकलमा सवार भारतीय नागरिक ३५ वर्षीय इन्दल महतोलाई गोली प्रहरी गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।
कृष्णामति माविको पूर्वी कम्पाउण्ड र रिङरोडभित्र एउटै मोटरसाइकलमा चढेर आएको तीनजनाले महतोमाथि गोली प्रहार भएको प्रत्यदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। महतो भारतको विशनपुर गाउँका रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ। उक्त गाउँ मलंगवाबाट सात किलोमिटर दक्षीण पर्छ।
महतोको दाहिने पाखुरा, बायाँ कुहिना र दायाँ कोखामा चोट देखिए पनि कति ठाउँमा गोली लागेको भन्ने यकिन विवरण पोष्टमार्टम रिपोर्टपछि मात्र भन्न सकिने प्रहरी निरीक्षक गिरीले बताए ।
गोली लागेर गम्भीर घाइते भएका महतोलाई सशस्त्र प्रहरी बेस क्याम्प मलंगवाको टोलीले तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवामा उपचारका लागि लगेको थियो । अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो ।
प्रहरीका अनुसार महतो भारतमा अपराध गरी फरार अभियुक्तको सूचीमा रहेका थिए । उनी मलंगवामा रहेको ससुरालीमा ६ महिनादेखि लुकेर बसेको प्रारम्भिक अनुसन्धानमा पाइएको प्रहरी स्रोतले बताएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले बताए । –थाहाखबरबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.64
152.24
European Euro
1
170.70
171.38
UK Pound Sterling
1
202.19
202.99
Swiss Franc
1
184.14
184.87
Australian Dollar
1
105.56
105.97
Canadian Dollar
1
107.12
107.55
Singapore Dollar
1
118.55
119.02
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.68
22.77
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.54
4.56
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
11.40
11.45
Swedish Kroner
1
15.33
15.39
Danish Kroner
1
22.84
22.93
Hong Kong Dollar
1
19.32
19.40
Kuwaity Dinar
1
492.10
494.05
Bahrain Dinar
1
401.43
403.02
Omani Rial
1
393.87
395.42