काठमाडौं / चितवनको लक्की मिडिया हाउसले नयाँ वर्ष २०७९ को भित्तेपात्रो प्रकाशन गरेको छ । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा शशांक कोइराला, नेपाल चलचित्र कलाकार संघका महासचिवमा चेतबहादुर सिंह “राजा“ तथा लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ’लक्की’ ले संयुक्त रुपमा शुक्रबार विमोचन गरेका हुन् ।
विमोचनपछि बोल्दै डा कोइरालाले देशको सबै क्षेत्रमा मिडियाको भूमिका उल्लेखनीय रहेको बताए । उनले भित्तेपात्रो वर्षको दर्पणको रुपमा रहेर अब शुभारम्भको दिनको पात्रो हुने अपेक्षा गरे ।
नेपाल चलचित्र कलाकार संघका महासचिवमा चेतबहादुर सिंह “राजा’’ले लक्की मिडिया हाउसले मोफसलमा रहेर नागरिकलाई सुसूचित गर्दै निरन्तर भित्तेपात्रो प्रकाशन गर्दै आएकोमा प्रशंसा गरे । आगामी दिनमा पनि मिडिया हाउसले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै थप उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
मिडिया हाउसका महाप्रबन्धक हरि कार्की “लक्की“ले मिडिया हाउसले नागरिकको सुसूचित हुने अधिकारलाई शिरोपर गर्दै कर्तव्यपथबाट विचलित नभएको बताए । मिडिया हाउसको स्थापनादेखिनै भित्तेपात्रो प्रकाशन गर्दै आएको भन्दै कार्कीले यसलाई निरन्तरता दिन सहयोग पु¥याउने सबै प्रति आभार प्रकट गरे । कार्यक्रममा कलाकार, नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण कमल खड्काले गरेका हुन् ।
स्थानीयदेखि राष्ट्रियस्तरका सबै मिडिया सेवा प्रदान गर्दै आएको लक्की मिडिया हाउसले विभिन्न कार्यक्रमहरुको पत्रकार सम्मेलनसँगै व्यवस्थापन पनि गर्दै आएको छ । नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो , च्यारीटी शो, एकल साँझ, विभिन्न सांगितिक कार्यक्रम र अवार्ड लगायत अन्य कार्यक्रमहरु गर्दै आएको छ ।
मिडिया हाउसद्वारा हाल चितवन खबर अर्ध साप्ताहिक र ईचितवन खबर डट कम सञ्चालनमा छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

लक्की मिडिया हाउसको भित्तेपात्रो विमोचन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.64
152.24

European Euro
1
170.70
171.38

UK Pound Sterling
1
202.19
202.99

Swiss Franc
1
184.14
184.87

Australian Dollar
1
105.56
105.97

Canadian Dollar
1
107.12
107.55

Singapore Dollar
1
118.55
119.02

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.68
22.77

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.60
41.76

Thai Baht
1
4.54
4.56

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.15
37.30

South Korean Won
100
11.40
11.45

Swedish Kroner
1
15.33
15.39

Danish Kroner
1
22.84
22.93

Hong Kong Dollar
1
19.32
19.40

Kuwaity Dinar
1
492.10
494.05

Bahrain Dinar
1
401.43
403.02

Omani Rial
1
393.87
395.42











