April 30, 2025

नेपाल बुद्धिजीवी परिषद समाजवादीको २५ सदस्यीय कमिटी गठन

April 9, 2022
- ADVERTISEMENT -

चितवन / नेपाल बुद्धिजीवी परिषद समाजवादी चितवनको अध्यक्षमा प्रेम हरि सुवेदी चयन भएको छ । नेपाल बुद्धिजीवी परिषद समाजवादी चितवनको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्ष सुवेदीको नेतृत्वमा २५ सदस्यीय कमिटी गठन गरेको हो ।
कार्यक्रम बाग्मति प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालको प्रमुख आतिथ्यता रहेको थियो । उक्त परिषद समाजवादी चितवनको प्रथम जिल्ला अधिवेशन नेकपा एकीकृत समाजवादी जिल्ला पार्टी कार्यालय चितवनमा सम्पन्न भएको हो ।
प्रमुख अतिथि खनालले नवगठित कमिटीका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । उनले नवगठित सबैलाई एकजुट भई अघि बढ्न आग्रह गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले चुनावी प्रचारलाई पछिल्लो समय व्यापक बनाउँदै लगेको छ भने विभिन्न संगठन बिस्तार कार्यमा तिब्रता व्यापक बनाउँदै लगेको छ ।
पछिल्लो समय सदस्यता लिने क्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने बढ्दै गएको पाइएको छ । जनताले अब कलम चुनाव चिन्ह भोट हाल्ने भएकोले यसपालीको निर्वाचनमा अधिकतम सिट ल्याउने समाजवादीले दावी गर्दैै आएको छ ।

- ADVERTISEMENT -