April 22, 2025

सिद्धि विनायकको भित्तेपात्रो सार्वजनिक तथा शुभकामना आदानप्रदान

April 11, 2022
- ADVERTISEMENT -

चितवन / भरतपुर २ क्षेत्रपुरस्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. ले नयाँ वर्ष २०७९ को भित्ते पात्रो सार्वजनिक गरेको छ । संस्थाले शनिबार एक कार्यक्रमका बीच नयाँ वर्षको भित्ते पात्रो सार्वजनिक गरेको हो ।
संस्थाले हरेक वर्ष भित्ते पात्रो सार्वजनिक गर्दै आएको संस्थाका व्यवस्थापक विकास पौडेलले जानकारी दिए । सो अवसरमा नयाँ वर्षको भित्ते पात्रो सार्वजनिक साथै शुभकामना आदानप्रदान कार्यक्रम पनि गरेको थियो ।
उक्त अवसरमा संस्थाका पदाधिकारीहरुले एकआपसमा शुभकामना आदान प्रदान गरेका थिए । शुभकामना आदानप्रदानले संस्थामा भाइचाराको सम्बन्ध र सद्भाव बढ्ने व्यवस्थापक पौडेलको भनाइ थियो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष शालिकराम घिमिरे, निवर्तमान अध्यक्ष पुरुषोत्तम गौतम, सचिव मुकुन्दप्रसाद गौतम, कोषाध्यक्ष जयराम पाण्डे, विनोद पौडेल, शम्भु अधिकारी, कृष्ण सिलवाल, इन्दिरा पन्थ लगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -