Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तमु ह्योल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्मा कर्णबहादुर गुरुङ निर्विरोध 

प्रकाशित मिति : २०७८ चैत्र ३० गते

चितवन / गुरुङहरुको छाता संगठन तमु ह्युल धोँज धीं गुरुङ राष्ट्रिय परिषद्मा चितवनका कर्णबहादुर गुरुङ अध्यक्षमा निर्विरोध निर्वाचित भएको छ । तमु ह्युल धोँज धीं गुरुङ राष्ट्रिय परिषद्को मंगलबार सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट गुरुङ निर्विरोध निर्वाचित भएको हो ।
उक्त महाधिवेशनले ६७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ भने जसमध्ये ५ जना मनोनित भएका छन् । चितवनका नवनिर्वाचित गुरुङ भरतपुर–१९ का जननिर्वाचित वडाध्यक्ष समेत हुन् ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा काठ्माण्डौका आरवि तमू, उपाध्यक्षहरुमा स्याङजाका यमबहादुर तमू, ओखलढुङगाका टेकबहादुर तमू, गोर्खाका नरबहादुर तमू, तनहुँका धनमान तमू, लमजुङका मेनबहादुर घले, खोटाङका लक्ष्मण तमू, महिला उपाध्यक्षमा गोर्खाका भगवती तमू निर्वाचित गरेको छ ।
यस्तै महाधिवेशनले महासचिवमा सुनसरीका डम्बरबहादुर तमू, सहमहासचिवमा कास्कीका मनोज तमू, उपमहासचिवहरुमा गोर्खाका राजु तमू र दिल तमू, सचिवहरुमा चितवनका सन्तलाल तमू, धादिङका गोपाल तमू, प्युठानका जिएस तमू, महिला सचिवमा काठ्माण्डौका देवकुमारी तमू, कोषाध्यक्षमा स्याङजाका सिरीसाद तमू, सहकोषाध्यक्षमा ललितपुरका गंगाबहादुर तमू निर्वाचित भएका छन् ।
त्यस्तै प्रदेश प्रमुखहरुमा प्रदेश नम्बर १ मा केशरमान तमू, मधेस प्रदेशमा एकबहादुर तमू, बागमती प्रदेशमा गणेशबहादुर तमू, गण्डकी प्रदेशमा दलबहादुर तमू, लुम्बिनी प्रदेशमा झपटबहादुर तमू, कर्णाली प्रदेशमा नन्दबहादुर तमू, सुदुरपश्चिम प्रदेशमा मनबहादुर तमू निर्वाचित भएको छ भने काठ्माण्डौ उपत्यका प्रमुखमा लोकबहादुर तमू, सचिवालय सदस्यमा हरिमाया तमुलाई निर्वाचित गरेको छ ।
महाधिवेशनले १९ जना पदाधिकारी, ७ जना प्रदेश प्रमुख, ३९ जना केन्द्रीय सदस्य निर्वाचित गरेको छ । परिषद्को राष्ट्रिय महाधिवेशनबाट चितवनका ५ जना केन्द्रीय नेतृत्वमा पुगेका छन् । चितवनबाट केन्द्रीय अध्यक्ष कर्णबहादुर तमू, सचिवमा सन्तलाल तमू, बागमती प्रदेशमा गणेशबहादुर तमू, केन्द्रीय सदस्यहरुमा हिमाल तमू, भैखुकुमारी तमू निर्वाचित भएका छन् ।
त्यस्तैगरी तमू बौद्ध सेवा समिति विशेष संगठनबाट सदस्यमा टिकाराम तमू, अनुशासन समिति संयोजकमा केवलमान तमू, लेखा समिति संयोजकमा खेमजङ तमूलाई निर्वाचित गरेको छ ।
१८ बुँदे चितवन घोषणापत्र सार्वजनिक
तमू ह्युल धोंज धीं गुरुङ राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशनले १८ बुँदे चितवन घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्र तयारी समितिका संयोजक प्राडा योगेन्द्र गुरुङले घोषणापत्र सार्वजनिक गर्दै गण्डकी प्रदेशलाई तमुवान प्रदेश घोषणा गर्नुपर्ने बताए ।
गण्डकी प्रदेशमा गुरुङहरुको बाहुल्यता रहेकाले प्रदेशलाई तमुवान घोषणा गर्न अल्पकालिन तथा दीर्घकालिन रणनीति तय गर्ने निर्णय भएको बताए । अन्य प्रदेशहरुमा समेत तमुहरुको पहिचान र अधिकार सुनिश्चित गर्न तमू स्वशासित क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रहरु स्थापना गर्न पहल गरिने बताए ।
जातीय जनसंख्याका आधारमा पूर्ण समानुपातिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चत गर्ने, जातीय विभेद विरुद्ध आन्दोलन गर्ने, आदिवासी जनजातिका पहिचान र अधिकारी सुनिश्चित गर्न सरकारले सम्झौता गरेका अन्र्तराष्ट्रिय महासन्धिहरु कार्यान्वयन गर्नुपर्ने लगायतका विषयहरु घोषणापत्रमा उल्लेख छन् ।
संघमा १ प्रतिशतभन्दा धेरै जनताले बोल्ने भाषा र प्रदेश ४ मा भाषा आयोगबाट सिफारिस भएअनुसार गुरुङ र मगरको भाषालाई सरकारी कामकाजको भाषाका रुपमा लागू गर्न माग गरेको छ ।
प्राथमिकदेखि उच्च तथा अनुसन्धानमूलक शिक्षामा तमू विद्यार्थीहरुलाई उचित छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने, क्होला सों प्रे ट्होलाई राष्ट्रिय सम्पदाको सूचिमा राख्न सरकारको ध्यानाकर्षण गराइएको छ । सुकदेव गुरुङ, सुपति गुरुङ, श्रीपति गुरुङलाई राष्ट्रिय सहिद, हर्क गुरुङ झागल गुरुङ, वंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51