चितवन / तमू संचारकर्मी संघ चितवनले तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का नवनिर्वाचित कार्यसमितिलाई सम्मान तथा बधाई दिएको छ । संघले परिषद्को चौथो राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित नयाँ कार्यसमितिलाई मंगलबार सम्मान तथा बधाई दिएको हो ।
संघका अध्यक्ष तुलमान गुरुङले परिषद्का नवनिर्वाचित अध्यक्ष कर्णबहादुर गुरुङलाई फेटा लगाई सम्मान तथा बधाई दिएका हुन् भने कार्यसमितिका अन्य पदाधिकारीहरुलाई टिका लगाई सम्मान गरिएको हो ।
नवनिर्वाचित अध्यक्ष कर्णबहादुर गुरुङले चितवनका तमू संचारकर्मीको सम्मान तथा महाधिवेशनको प्रचार प्रसारमा विशेष भूमिका खेलेको भन्दै धन्यवाद व्यक्त गरे ।

यस्तै संघका चितवन अध्यक्ष तुलमान तमूले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै कार्यकाल सफलताको शुभकामना दिएका थिए । सम्मान तथा बधाई कार्यक्रममा ममता गुरुङ, कमला गुरुङ, चित्र गुरुङ, राजनदिल गुरुङ, नेत्र, गुरुङलगायतको सहभागिता रहेको थियो ।
तमु (गुरुङ) सञ्चारकर्मी संघ जिल्ला शाखा चितवनको २०७१ सालमा तदर्थ समिति गठन भएको थियो भने २०७८ साल फागुन १० गते प्रथम जिल्ला अधिवेशन गरेको हो ।
- ADVERTISEMENT -



























