२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बागमती प्रदेश सडक दुर्घटनामा ३६० जनाको मृत्यु

प्रकाशित मिति : २०७९ बैशाख २ गते
file photo.
- ADVERTISEMENT -

चितवन / बागमती प्रदेशमा सडक दुर्घटनामा परी ३६० जनाले ज्यान गुमाएका छन् । एक वर्षको अवधिभित्र उक्त सडक दुर्घटनामा परी ३६० जनाले ज्यान गुमाएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले जनाएको छ ।
ट्राफिक कार्यालय रामनगरका अनुसार दुर्घटनामा ज्यान गुमाउने २६ जना बालबालिका रहेका छन् । २०७८ को बैशाखदेखि चैतसम्म काठमाडौं, भक्तपुर र ललितपुर बाहेकका १० जिल्लामा दुर्घटनाबाट उक्त संख्यामा मृत्यु भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
कार्यालयका प्रमुख सुशिलसिंह राठौरका अनुसार १ हजार ६ सय ४७ वटा दुर्घटना हुँदा २९२ पुरुष र ४२ महिलाको मृत्यु भएको हो भने मृत्यु हुनेमा २० बालक र ६ बालिका पनि रहेका छन् । उक्त दुर्घटनाहरुमा परी ३ हजार ३८९ जना घाईते भएका छन् । घाईते मध्ये ८६९ गम्भीर रहेका छन भने २ हजार ५२० जना सामान्य अबस्थामा रहेको पाइन्छ ।
गम्भीर घाइते हुनेमा ६३६ पुरुष र १५५ महिला रहेका हुन। यस्तै ५० बालक र २८ बालिका पनि घाइते रहेको तथ्यांकमा देखिएको छ । सामान्य घाइते हुने पुरुषको संख्या १ हजार ७२१ र महिलाको संख्या ५७७ रहेको छ भने १४० बालक र ८२ जना बालिका समेत घाइते भएका हुन् ।
यस्तै, गत बर्ष बैशाख महिनामा भएको १३५ दुर्घटनामा परि ३४ जनाको मृत्यु भएको थियो । ती दुर्घटनामा २३१ जना घाईते भएका थिए । जेठ महिनामा भएका ८७ दुर्घटनामा परि १९ जनाको मृत्यु भएको छ भने १३० जना घाईते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
कार्यालयका अनुसार असारमा भएका १२३ वटा दुर्घटनामा परि १८ जनाको मृत्यु भएको थियो । सोही दुर्घटनामा २१२ जना घाईते भएका थिए । साउन महिनामा १५० दुर्घटनामा २४ जनाको मृत्यु भयो भने २४२ जना घाईते भएका छन् । यस्तै भदौमा भएको ११८ दुर्घटनामा परि २२ जनाले ज्यान गुमाएका थिए । २७८ जना घाईते भएका थिए ।
असोजमा भएको १५८ दुर्घटनामा ३६ जनाले ज्यान गुमाए भने ३७५ जना घाईते भएका थिए । कार्तिक महिनामा १६३ सवारी दुर्घटना हुँदा ४३७ जना घाई भएका थिए भने ४१ ज्यानले ज्यान गुमाए । मंसिरमा भएको १५५ दुर्घटनामा ३५ जनाको मृत्यु भएको थियो । सोही दुर्घटनामा ३६३ जना घाईते भएका छन् । पुष महिनामा भएको दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ । ११४ वटा दुर्घटनामा २२० जना घाईते भएका थिए । माघ महनिामा ३४ जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । १२२ दुर्घटनामा १ सय ७७ जना घाईते भएका छन् ।
फागुन महिनामा भएको १७५ दुर्घटनामा परि ३४ जनाले ज्यान गुमाएका छन् भने ३८९ जना घाईते भएका छन् । चैत महिनामा भएको १४७ दुर्घटनामा ३२ जनाले ज्यान गुमाएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सोही दुर्घटनामा परि ३३५ जना घाईते भएका छन् ।
त्यस्तै, बागमती प्रदेशमा वर्षभरि भएका दुर्घटनामा २ हजार ४०७ वटा सवारी साधन परेका छन् । ती दुर्घटनामा सबै भन्दा वढि मोटरसाईकल परेको कार्यालयको तथ्याङ्कले देखाएको छ । कार्यालयका प्रमुख राठौरका अनुसार १ हजार २०१ मोटरसाईकल दुर्घटनामा परेका हुन । यस्तै जिप, कार र भ्यान ३ सय ६३ वटा, ट्रक, ट्याङ्कर ३ सय २ वटा, बस १ सय ६१ वटा, ९७ वटा ट्रिपर, ८४ वटा ट्याक्टर, ७३ वटा ट्याम्पो, ६४ वटा शारिरिक शक्तिबाट चल्ने , ३४ वटा माईक्रो र २८ वटा अन्य सवारी साधन दुर्घटनामा परेको उनले बताए ।
तिब्र गति र सडकको अवस्थाका कारण दुर्घटना बढी भएको उनले बताए । दुर्घटना न्यूनिकरणका लागि कार्यालयले जनचेतना, चालकको स्वास्थ्य परिक्षण लगाएतका कामहरुलाई तिब्र पारेको उनले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -