Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तु. खबरका सम्पादक अधिकारी ‘जनसेवा श्री’बाट विभूषित

प्रकाशित मिति : २०७९ बैशाख २ गते

मकवानपुर । मकवानपुरबाट संचालित तु खबर डटकमका सम्पादक गिरिजा अधिकारीलाई ‘जनसेवा श्री’बाट विभूषित गरेको छ । पत्रकारितामार्फत् समाजमा विशिष्ट योगदान पुर्याएको भन्दै सरकारले आयोजना गरेको एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पादक अधिकारीलाई जनसेवा श्रीबाट बिहीबार विभूषण विभूषित गरेकी हुन् ।
सम्पादक अधिकारी दुई दशकभन्दा बढी निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय छन् भने सरकारले संविधान दिवस २०७८ को अवसर पारी जनसेवा श्रीबाट विभूषित गर्ने घोषणा गरेको थियो । अधिकारी पत्रकार, साहित्यकार तथा गीतकार हुन् ।
२०४२ सालमा सिन्धुपाल्चोक जिल्लामा जन्मिएका उनी मकवानपुरका स्थायी वासिन्दा हुन् । २०५७ सालबाट पत्रकारितामा आवद्ध अधिकारीले पर्सा जिल्लाको वीरगञ्जबाट प्रकाशित हुने प्रतीक दैनिकबाट पत्रकारिता सुरु गरेका हुन् । अधिकारीले पत्रपत्रिका, एफएम रेडियो र टेलिभिजनमा सम्पादकीय विभागको नेतृत्व गरेर काम गरिसकेका छन् ।
काठमाडौँबाट प्रकाशित हुने नयाँ पत्रिका दैनिकको उपसम्पादक, शौर्य दैनिकको बरिष्ठ उपसम्पादक, हेटौंडाबाट प्रकाशित हुने थाहा सन्देश दैनिक र प्रदेश दैनिकको सम्पादक, टिम टेलिभिजनको डेक्स सम्पादक र साम साप्ताहिकको सम्पादकको रुपमा काम गरिसकेका उनी हाल तु खबर डटकमको सम्पादकको रुपमा कार्यरत छन् ।
मनकामना एफएम, नेशनल एफएम, पाल्पाको रेडियो पश्चिमाअञ्चल, रेडियो सगरमाथा, शक्ति एफएम, रेडियो सरोवरलगायतका एफएम रेडियोको रिपोर्टर, समाचार प्रमुख र सम्पादकको रुपमा उनले काम गरेको अनुभव बटुलेका छन् । अधिकारीको अक्षरका जुलुसहरु, इतिहास र लाल झा र २५ प्रतिवाद नामक कविता संग्रहहरु प्रकाशित भएका छन् । उनले मकवानपुरे पत्रकारिता (इतिहास र समिक्षा), र मकवानपुरमा मिडिया नामक अनुसन्धानमुलक पुस्तकको सम्पादन गरेका छन् ।
अधिकारी गीत लेखनमा समेत सक्रिय छन् । उनलाई प्रेस काउन्सिल नेपालले युवा पत्रकारिता पुरस्कार प्रदान गरिसकेको छ । त्यस्तै उनी राष्ट्रिय सूचना आयोगको सूचना पुरस्कार, शिक्षा पत्रकारिता पुरस्कार, कान्तिपुर पत्रकारिता पुरस्कार, पहल उत्कृष्ठ खोज पत्रकारिता पुरस्कार र रिपोटर्स क्लबको क्रियाशील युवा पत्रकारिता पुरस्कारबाटसमेत पुरस्कृत भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51