Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

होटल संघ चितवनको सम्मान तथा क्यालेन्डर विमोचन

प्रकाशित मिति : २०७९ बैशाख ३ गते

चितवन / होटल व्यवसायी संघ चितवनले उद्योग वाणिज्य संघ चितवनका निर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान र नव वर्ष २०७९ को शुभकामना आदानप्रदान कार्यक्रम समेत गरेको थियो ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुके प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथी चुकेले समृद्ध मुलुक निर्माणको लागि राज्यले पर्यटन क्षेत्रको प्रवद्र्धनमा जोड दिनु पर्ने बताए । होटल व्यवसायी महासंघको पहलमा विभिन्न प्रदेश सरकारले पर्यटन क्षेत्रमा लगानी वढाएको जानकारी दिँदै चुकेले वागमती प्रदेशको पर्यटन मन्त्रालयसँग पनि आवश्यक छलफल भएको बताए ।
वागमती प्रदेश सरकारको पर्यटन मन्त्रालय पनि पर्यटन प्रवद्र्धनमा तयार भएको वताउँदै उहाँले त्यसका लागि व्यवसायीहरुको पहल आवश्यक रहेको बताए । पर्यटन प्रवद्र्धन गर्न सके होटल लगायतका पर्यटन व्यवसायी थप मजवुत हुने वताउँदै उहाले आन्तरिक एवं वाह्य पर्यटन प्रवद्र्धनमा जोड दिनु व्यवसायीलाई आग्रह गरे ।
८० प्रतिशत भन्दा वढि व्यवसायीले भाडामा आफ्नो व्यवसाय संचालन गर्दै आएको वताउँदै चुकेले भाडामा व्यवसाय गर्ने व्यवसायी र घरवेटीको समस्याको विषयमा गम्भिर हुन आग्रह गरे ।
कार्यक्रममा वोल्दै विशेष अतिथी उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले संघको तर्फवाट होटल व्यवसायीका समस्या समाधारमा आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । पर्यटन विकासको लागि होटल व्यवसायीको भूमिका महत्वपुर्ण हुने वताउँदै उनले पर्यटन प्रवद्र्धन विना मुलुक समृद्ध वन्न नसक्ने वताए ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठले होटल व्यवसाय प्रति राज्यको हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्ने बताए । राज्यलाई कर तिरेर व्यवसाय संचालन गरेको होटल व्यवसाय प्रवद्र्धन गर्नु राज्यको पनि दायित्व भएको वताए ।
उनले राज्यको सुरक्षा निकायले रातीको ९ वजे नै होटल व्यवसाय वन्द गराउँदै हिडेको प्रति आपत्ती जनाउँदै २४ सै घण्टा व्यवसाय संचालन गर्ने वतावरण वनाउनको लागि आवश्यक पहल गरिदिन होटल व्यवसायी महासंघ र उद्योग वाणिज्य संघ चितवनलाई ध्यानाकर्षण गराए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनको नवनिर्वाचित कार्यसमतिलाई दोसल्ला ओढाएर स्वागत एवं सम्मान गरिएको थियो भने होटल व्यवसायी संघ चितवनद्धारा प्रकाशित भित्तेपात्रो (क्यालेन्डर) विमोचन गरिएको थियो । कार्यक्रममा होटल व्यवसायी संघ चितवनका सस्थापक अध्यक्ष जिवलाल सापकोटा, पुर्व अध्यक्ष विनोद शर्मा, निवर्तमान अध्यक्ष शर्मिला न्यौपानेलगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवन र होटल व्यवसायी संघ चितवनका पदाधिकारी सहित कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो । होटल व्यवसायी संघ चितवनका सचिव रामबहादुर गुरुङले संचालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष केशव हडखोलेले धन्यवाद सहित कार्यक्रम समापन गरेका थिए ।
होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51