Opens in a new tab
२०८३ कार्तिक १, शनिबार
October 17, 2026
२०८३ कार्तिक १, शनिबार
October 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गैँडाकोट जनक माविका शिक्षक घिमिरे अश्लिल भिडियो देखाएको आरोपमा पक्राउ

प्रकाशित मिति : २०७९ बैशाख ४ गते

गैँडाकोट / गैँडाकोट ५ नवलपुरको जनक माविमा पढाउने एक शिक्षकले कक्षा १२ पढ्ने छात्रालाई मोवाइलमा अश्लिल भिडियो देखाएको भन्दै दोषीलाई कारवाही गर्न विद्यार्थीहरुले माग गरेका छन् । शिक्षक कपिल घिमिरेले कम्प्युटर ल्यावमा विद्यार्थी एक्लैलाई अश्लिल भिडियो देखाएको र आफूसँग पनि सम्बन्ध राख्न भनेको विद्यार्थीहरुले बताएका छन् ।
चैत ३० गतेको सो घटना भएपनि विद्यालय प्रशासनले शिक्षकलाई कारवाही गर्न विद्यार्थीले गरेको मागलाई वेवास्ता गर्दा भौतिक क्षति तथा मानिस घाइते हुनेसम्मको अवस्था आएको उनीहरुको भनाई छ । शिक्षक घिमिरे विरुद्ध विद्यार्र्थीले प्रशासनलाई जानकारी गराएको तर विद्यालयले छात्राको अभिभावकलाई पनि कुनै जानकारी नदिएको र विद्यार्थी शिक्षकवीच समेत छलफल नगरिएको विद्यार्थीको आरोप छ ।
उक्त घटनामा आजसम्म पनि विद्यालय प्रशासनले न्याय दिने कुनै विधि नपनाएको भन्दै आन्दोलनमा आउनुपरेको विद्यार्थीहरुको भनाई थियो । न्याय पाउनैपर्ने माग उनीहरुको छ । विद्यार्थीले न्याय माग्दा प्रहरी बोलाएर कुटेको भन्दै आन्दोलन चर्को भएको थियो । प्रहरी बोलाएपछि विद्यार्थी प्रहरीवीच झडप भएको थियो । विद्यार्थी प्रहरी दुतैतर्फ घाइते छन् ।
उनीहरुले विद्यालय परिसरमा चर्को नाराबाजी लगाउँदै प्रधानाध्यापक चुडामणी शर्मा कडेँल र आरोपित शिक्षक कपिल घिमिरेको मोटरसाइकल जलाइदिएका छन् । विद्यालयका बेन्चकुर्ची, सिसिटिभि सिसा लगायतमा उनीहरुले तोडफोड गरेका हुन् ।
आरोपित शिक्षकलाई प्रहरीले हत्कडी लगाएपनि विद्यार्थीहरुले कालोमासो र जुत्ताको माला लगाउन पाउनुपर्ने माग राखेपछि थप तनावग्रस्त बनेको थियो । वी वान्ट जस्टिस्, दोषीलाई फाँसी दे, जुत्ताको माला र कालोमोसो लाउन दे लगायतका नारा सहित विद्यार्थीले विरोध गरेका थिए ।
छात्राका अभिभावकले दोषीलाई कडा कारावही गर्न माग गरेका छन् । शिक्षा दिने शिक्षकले यतिसम्मको हर्कत गर्छन भन्ने नसोचेको तर आज पीडितबाटै सुन्न वाध्य भएको भन्दै सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कडा कारवाही गर्न पीडितको हजुरबुबा डोलबहादुर परियारले माग गर्नुभयो ।
यता विद्यालयका प्रधानाध्यापक चुडामणी शर्मा कडेँलले घटनाबारे विद्यार्थीले ३० गते बेलुकीपख म्याडमहरुलाई जानकारी गराएको, वैशाख १ गते विदा र त्यसको भोलिपल्ट छलफल गर्ने भनेपनि आफन्तको अपरेशन परेको भनी विद्यार्थी विद्यालय नआएको बताउनुभयो ।
तर हिजो शनिवार आज छलफलका लागि शिक्षक,विद्यार्थी अभिभावक राखेर कुराकानी हुँदैगर्दा वाहिर तोडफोड भएको बताउनुभयो । गुनासो आएपछि विद्यालयले सवैलाई राखेर छलफल गर्ने र त्यसपछिको प्रकृया अगाडि बढाउने तयारी भएपनि तोडफोड भएपछि अवस्था नियन्त्रण वाहिर गएको बताउनुभयो ।
आन्दोलनमा विद्यार्थी प्रहरी दुवैतर्फ घाइते छन् । तर को कति घाइते र कति क्षती भयो एकीन विवरण आइसकेको छैन । तर जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी प्रज्वल महर्जनले भने विद्यार्थीतर्फ कुनै घाइते नभएको र सात जना प्रहरी घाइते भएको बताउनुभयो ।
राजमार्ग अवरुद्ध हुन नदिन वाक्लो प्रहरी परिचालन गरेको र एक घण्टा अगाडि आरोपितलाई जिल्ला प्रहरी कार्यालय लगेको जानकारी दिनुभयो । अव पीडित पक्षबाट जाहेरी माग्ने र अनुसन्धान गरी सोही अनुसार प्रकृया अगाडि वढ्ने एसपी महर्जनको भनाई छ । घाइते प्रहरीहरुको सीएमसीमा उपचार भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.64
152.24
European Euro
1
170.70
171.38
UK Pound Sterling
1
202.19
202.99
Swiss Franc
1
184.14
184.87
Australian Dollar
1
105.56
105.97
Canadian Dollar
1
107.12
107.55
Singapore Dollar
1
118.55
119.02
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.68
22.77
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.54
4.56
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
11.40
11.45
Swedish Kroner
1
15.33
15.39
Danish Kroner
1
22.84
22.93
Hong Kong Dollar
1
19.32
19.40
Kuwaity Dinar
1
492.10
494.05
Bahrain Dinar
1
401.43
403.02
Omani Rial
1
393.87
395.42