गैँडाकोट / नवलपुरको गैंडाकोटस्थित जनक माध्यमिक विद्यालयकी एक छात्रालाई शिक्षकले दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरुले विद्यालय तोडफोड गरेका छन् । कक्षा १२ मा अध्ययन गर्ने एक छात्रालाई सोही बिद्यालयका शिक्षकले अश्लिल भिडियोहरु देखाएको, संवेदनशील अंगमा छुने गरेको भन्दै विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शन गर्दै विद्यार्थीहरुले विद्यालय नजिक रहेका दुई वटा मोटरसाइकलमा आगजनी गरेका छन् ।

पक्राउ परेका शिक्षकलाई प्रहरीले लुकाउन खोजेको भन्दै बिद्यार्थीहरुले ढुंगामुढा गर्दा ६ जना प्रहरीसमेत घाइते भएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक प्रज्वल श्रेष्ठले जानकारी दिए । ‘हामी सिमित संख्यामा थियौं, विद्यार्थीहरु ठूलो संख्यामा आएर तोडफोड गरे, मोटरसाइकलमा आगजनी गरे, अवस्था तनावग्रस्त छ’ प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘म सहित ६ जना प्रहरी घाइते भएका छौं ।’ विद्यार्थीहरुले शिक्षकलाई राखेकै कोठामा पुगेर आक्रमण गर्न थालेपछि प्रहरीले हवाइफायरसमेत गरेको छ ।
विद्यार्थीहरुलाई लाठीचार्ज गरेर तितरवितर बनाउने काम भैरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । प्रहरीमाथि नै आक्रमण भएपछि थप सुरक्षाकर्मी मागिएको निरीक्षक श्रेष्ठले बताए ।
- ADVERTISEMENT -















































