२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सांसद सुवेदीले उमेदवारीका लागि दिए राजीनामा

प्रकाशित मिति : २०७९ बैशाख ८ गते
- ADVERTISEMENT -

मकवानपुर / बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले पदबाट राजीनामा दिएका छन् । नेकपा एमालेबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित सुवेदीले सांसद पदबाट राजीनामा दिएका हुन् । सुवेदीले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न सांसदबाट राजीनामा दिएका हुन् ।
उनले बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष बिहीबार राजीनामा पत्र बुझाएको बागमती प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनलाई एमालेले चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा उठाउने तयारी गरेको छ । सुवेदी भरतपुर महानगरबाट सर्वसम्मत सिफारिस भैसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -