चितवन / निर्वाचन आयोगले बिहीबार चितवनको सात पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । भरतपुर महानगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो भने ६ पालिकाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृतसहित १० जना कर्मचारी खटाइएको छ । निर्वाचन अधिकृतको कार्यालयमा नौ जनालाई खटाइएको छ । कार्यालयहरुले आजै निर्वाचन कार्यक्रम प्रकाशित गर्ने जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए ।
निर्वाचन कार्यक्रम र आचारसंहिताको विषयमा आज सर्वदलीय बैठक पनि बस्दै छ । जिल्ला समन्वय समितिको कार्यालयमा बैठक बस्न लागेको हो । आयोगले वैशाख ११ र १२ गते मनोनयन दर्ता गर्ने कार्यतालिका बनाएको छ ।
मनोनयन दर्ता गर्ने दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुन सक्ने भीडभाडलाई मध्यनजर गर्दै विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । चितवन उद्योग संघको आडमा रहेको उद्योग प्रशिक्षण प्रतिष्ठानको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
मनोनयनका दिन मनोनयन दर्ता गर्ने उम्मेदवार, उम्मेदवारका प्रस्तावक र समर्थकलाई मात्र निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गर्न दिइने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिए ।
‘भिडभाड व्यवस्थापनका लागि कार्यालयबाहिर उत्तरतर्फ नेपाल टेलिकम चोक र दक्षिणतर्फ विद्युत चोकमा कडाई गर्छौँ । उम्मेदवार र उम्मेदवारका प्रस्तावक र समर्थकबाहेकलाई प्रवेश गर्न दिँदैनौँ,’ उनले भने । मनोनयन दर्ता गर्ने समय दुई दिन भएकाले दलहरुलाई सुरक्षा निकायसँग समन्वय गरेर पालो मिलाएर आउन भनिने उनले बताए ।
आयोगले मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालत चितवनका न्यायाधिस प्रकाश कुमार अधिकारीलाई खटाएको छ । निर्वाचन अधिकृतका रुपमा रत्ननगरमा राष्ट्रिय सतर्कता केन्द्रका उपसचिव विनोदकुमार गौतम, खैरहनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमतीकी उपसचिव सरस्वती पौडेल खटिएका छन् ।
राप्तीमा सहायक सिडिओ शिवप्रसाद रिजाल, कालिकामा जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्री, माडीमा जिल्ला समन्वय अधिकारी चुडामणि शर्मा गौतम र इच्छाकामनामा जिल्ला अदालतका श्रेस्तेदार ईश्वर आचार्यलाई खटाइएको छ । निर्वाचन अधिकारीसहित सबै निर्वाचन अधिकृतहरुलाई १ र २ वैशाखमा आयोगले तालिम दिएको थियो ।
चितवनमा तीन लाख ९७ हजार ६८५ मतदाता छन् । भरतपुरमा एक लाख ८५ हजार ७५२, रत्ननगरमा ५२ हजार ६४२, खैरहनीमा ४३ हजार ५३१, राप्तीमा ४० हजार ६४९, कालिकामा ३१ हजार १५७, माडीमा २८ हजार ३२० र इच्छाकामनामा १५ हजार ६३४ मतदाता छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनका ६ पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.98
154.58

European Euro
1
173.17
173.84

UK Pound Sterling
1
203.95
204.75

Swiss Franc
1
185.24
185.96

Australian Dollar
1
107.32
107.74

Canadian Dollar
1
107.91
108.33

Singapore Dollar
1
120.44
120.91

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.97
23.06

Saudi Arabian Riyal
1
41.02
41.18

Qatari Riyal
1
42.24
42.41

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.93
42.09

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
11.50
11.55

Swedish Kroner
1
15.39
15.45

Danish Kroner
1
23.17
23.26

Hong Kong Dollar
1
19.62
19.70

Kuwaity Dinar
1
499.69
501.64

Bahrain Dinar
1
408.41
410.00

Omani Rial
1
399.95
401.51













