२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राष्ट्रपति भण्डारी चितवन आउने, एक्स्पो २०२२ को उद्घाटन आज

प्रकाशित मिति : २०७९ बैशाख ९ गते
File photo.
- ADVERTISEMENT -

चितवन / राष्ट्रपति विद्यादेवी भण्डारी आज शुक्रबार चितवन आँदैछिन् । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उनी चितवन आउन लागेकी हुन् । नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो ।
राष्ट्रपति भण्डारीले दिउँसो १ बजे एक्सपोको उद्घाटन गर्ने कार्यक्रम तय भएको सङ्घका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले जानकारी दिएका हुन् ।
राष्ट्रपति भण्डारी चितवन आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
उक्त एक्स्पो वैशाख ९ देखि ११ गतेसम्म सञ्चालन हुनेछ । यसपटकको एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अँगाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने सङ्घका महासचिव विप्लव अधिकारीको भनाइ छ ।
औषधि प्राविधिक र फर्मासिस्टलाई अन्तर्राष्ट्रियस्तरको नवीन प्राविधिक ज्ञान दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको सङ्घका निवर्तमान अध्यक्ष एवं एक्स्पो संयोजक जी नारायणबहादुर क्षेत्रीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -