चितवन / तामाङ पत्रकार संघ चितवनले भरतपुर २६ दिव्यनगर निवासी न्यूजप्रवाह डटकमकी सम्वाददाता प्रमिला तामाङलाई सम्मान गरेको छ । संघले शनिबार नयाँ वर्षको शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रमको अवसर पारेर तामाङलाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा भरतपुर महानगरपालिका ई. सूर्यप्रकाश लामा तथा तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङले संयुक्त रुपमा उनलाई खादा, टिका र सम्मान पत्रद्वारा सम्मान गरेको हो ।
तामाङले संस्थाको हित र उन्नयनका लागि विभिन्न कोणबाट महत्वपूर्ण योगदान पु¥याएको र संस्थाको गरिमा उच्च राख्न अमूल्य सहयोग प्रदान गरेकोमा सम्मान गरेको हो । उनी तामाङ पत्रकार संघ चितवनको तेस्रो अधिवेशनबाट गत कार्तिक १५ गते कार्यसमिति सदस्य पदमा निर्विरोध निर्वाचित भएकी हुन् ।
पत्रकारिता क्षेत्रमा विगत १ वर्षदेखि कार्यरत उनी सप्तगण्डकी क्याम्पसमा स्नातक तह दोश्रो वर्ष पत्रकारिता विषयमा अध्ययनरत विद्यार्थी पनि हुन् । २०७० सालमा स्थापित संघले पहिलो पटक संस्थामा योगदान पु¥याए वापत सदस्यलाई सम्मान गरेको हो भने आगामी दिनमा यसलाई निरन्तरता दिँदै लगिने संघका अध्यक्ष तामाङले बताए ।
न्यूजप्रवाह डटकमकी प्रमिला तामाङ सम्मानित
April 23, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
