चितवन / जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया गरेको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीको संयोजकत्वमा सरोकारवालाहरुसँग सो अन्तरक्रिया गरिएको हो ।
जिल्लाभर र भरतपुर महानगरको ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा सवारी चालक, सह–चालकहरुलाई प्रशिक्षण अभियान संचालन गर्ने अभियानमा जोड दिइने प्रमुख अधिकारीले बताए ।
कार्यक्रममा चितवन जिल्ला भएर चल्ने लामो तथा छोटो दुरीका यात्रुवाहक बस, मिनिबस, माईक्रो, म्याजिक तथा अटो यातायात कम्पनी प्रा.लि.का अध्यक्ष तथा पदाधिकारीहरुसँग छलफल तथा अन्तरक्रिया गरिएको हो । प्रमुख अधिकारीले अब प्राप्त हुने सुझावलाई मध्यनजर गरेर प्रभावकारी कदम चाल्ने बताए ।
पूर्व पश्चिम राजमार्ग र काठमाडौं प्रवेशको महत्त्वपूर्ण मार्ग समेत चितवनमा पर्ने भएकाले अत्याधिक सवारी दुर्घटना हुने जिल्लामा चितवन गनिन्छ ।
दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक चितवनद्वारा अन्तरक्रिया
April 25, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
