चितवन । स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने आज अन्तिम दिन हो । चितवनका आज ठूला दलहरुले उमेदवारी मनोनयन दर्ता गर्दै छन् । उनीहरुले तामझामका साथ उमेदवारी मनोनयन दर्ता गर्ने भएका छन् । यसअघि आइतबार साना दलहरु अधिकांशले उमेदवारहरुले मनोनयन दर्ता गरी सकेका छन् ।
निर्वाचन आयोगले कार्यालयमा मनोनयन दर्ताको लागि धेरै चाप पर्ने भएकाले दुई दिन राखिएको हो । यस्तै नेकपा (एमाले)का उमेदवारले आज मनोनयन दर्ता गर्दैछन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलका अनुसार दिउँसो १ बजेअघि नै सक्नेगरी मनोनयन दर्ताको तयारी गरिएको छ । दिउँसो १ बजेदेखि गठबन्धन दलका उमेदवारले संयुक्त रुपमा मनोनयन गर्ने भएकाले त्यसअघि नै सक्न एमालेलाई भनिएको हो ।
भरतपुर महानगरमा एमाले र राप्रपाले तालमेल गर्ने सहमति भएको छ । मेयरमा एमालेबाट विजय सुवेदीले उमेदवारी दिने र उपमेयरमा राप्रपाबाट उमेदवारी दिने सहमति भएको हो । राप्रपाले भने अझैसम्म पनि उपमेयरको उमेदवारको टुंगो लगाइसकेको छैन ।
एमालेले माडीको उपप्रमुख छाडेर सबै पालिकामा प्रमुख र उपप्रमुखको उमेदवार टुंग्याइसकेको छ । माडीमा एमालेसँग तालमेल गर्ने भनिएपनि अझै सहमति नभएको राप्रपा नेत्री रिना गुरुङले बताइन् । माडीमा प्रमुख र उपप्रमुखसहित सबै पदमा राप्रपाले उमेदवार उठाउने तयारी गरेको उनले बताइन् ।
गठबन्धन दलका उमेदवारले मनोनयन दर्ता गर्न चौविसकोठीदेखि बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालय पुग्ने कार्यक्रम बनाएका छन् । गठबन्धनबाट महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसले मनोनयन दर्ता गर्ने छ । कांग्रेसले पनि उपमेयरका उमेदवारको टुंगो अझै लगाएको छैन । कांग्रेसको असन्तुष्ट पक्षबाट पूर्वसांसद जगन्नाथ पौडेलले मेयरमा मनोनयन दर्ता गर्दै छन् ।
गठबन्धनले अन्य पालिकामा भागबण्डा मिलाएपनि उमेदवारको टुंगो लगाउन सकेको छैन । सम्भवत दिउँसो ११ बजेसम्म सबै टुंगो लाग्ने माओवादी केन्द्र चितवनका समन्वय संयोजक आरसी अधिकारीले बताए ।
यसअघि शनिबार भरतपुर महानगरमा साना दल र स्वतन्त्रतर्फका ११ जनाले मेयरमा, तीन जनाले उपमेयरमा र १५ जनाले वडाध्यक्षमा मनोनयन दर्ता गरिसकेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनका ठूला दलका उमेदवार मनोनयन दर्ता आज

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.67
153.27

European Euro
1
177.03
177.72

UK Pound Sterling
1
207.00
207.81

Swiss Franc
1
188.55
189.29

Australian Dollar
1
108.78
109.20

Canadian Dollar
1
110.17
110.60

Singapore Dollar
1
119.64
120.11

Japanese Yen
10
9.59
9.63

Chinese Yuan
1
22.66
22.75

Saudi Arabian Riyal
1
40.66
40.82

Qatari Riyal
1
41.88
42.05

Thai Baht
1
4.63
4.64

UAE Dirham
1
41.57
41.73

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
10.81
10.85

Swedish Kroner
1
16.10
16.16

Danish Kroner
1
23.68
23.77

Hong Kong Dollar
1
19.46
19.54

Kuwaity Dinar
1
497.22
499.17

Bahrain Dinar
1
404.95
406.54

Omani Rial
1
396.53
398.09












