April 19, 2025

चितवनमा २२५० जनाको उम्मेदवारी दर्ता

April 26, 2022
file photo
- ADVERTISEMENT -

चितवन / स्थानीय तहको निर्वाचनको लागि चितवनमा २ हजार २५० जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले उम्मेदवार मनोनयन दर्ताका लागि तोकेको दुई दिनमा चितवनको सात वटा पालिकाबाट कुल २ हजार २५० जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।
उम्मेदवार मनोनयन दर्ता गर्नेमा नगरपालिका प्रमुखमा ७४ जना, उपप्रमुखमा ४५ जना, गाँउपालिका अध्यक्षमा ५ जना, उपाध्यक्षमा २ जना र वडाध्यक्षमा ५ सय १ जना रहेका छन् ।
यसैगरी महिला सदस्यमा ४ सय १४ जना, दलित महिला सदस्यमा ३ सय ५१ जना र सदस्यमा ८ सय ५८ जनाले उम्मेदवार मनोनयन दर्ता गरेका हुन् ।
चितवनमा भरतपुर महानगरपालिका, इच्छाकामना गाँउपालिका, माडी नगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका र कालिका नगरपालिका छन् ।

- ADVERTISEMENT -