Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चलचित्र ‘लक्का जवान’ देशैभर बैशाख २३ बाट प्रदर्शन

प्रकाशित मिति : २०७९ बैशाख १३ गते

चितवन / नेपाली कथानक चलचित्र ’लक्का जवान’ देशभर एक साथ प्रदर्शन हुने भएको छ । चलचित्र युनिटले बैशाख २३ गतेबाट देशभर एक साथ प्रदर्शन हुने मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।
चलचित्र युनिटले ’लक्का जवान’ मा नेपाली समाजको अर्गानिक कथा उठाएको जनाएको छ । चलचित्रका निर्देशक शिवहरि ढकालले चलचित्रमा गाउँ घर समाजको कथालाई चित्रण गरिएको बताए ।
उनले चलचित्रमा कतैबाट आयातित कथा नभई नेपाली समाजकै अर्गानिक कथा प्रस्तुत गरिएको बताए । यस्तै उनले चलचित्रमा दर्शकले टेलिभिजनको पर्दामा देखेका ४० भन्दा बढी कलकारहरुले अभिनय गरेको जानकारी दिए ।
निर्माता ध्रुव वन्तले चलचित्र निर्माण गर्ने लामो समयदेखिको चाहना ’लक्का जवान’ बाट पुरा भएको जिकिर गरे । तीन वर्ष अघि निर्माण भएको चलचित्र कोभिडका कारण प्रदर्शनमा ढिलाई भएको उनको भनाइ थियो ।
कलाकार किरण केसीका अनुसार चलचित्र ८० प्रतिशत कमेडीले भरिएको छ । चलचित्रमा दर्शकलाई सोचनिय बनाउने र रुवाउने कथावस्तु समावेश गरिएको उनले भने ।
नायक दिलिप रायमाझीले उक्त चलचित्रमा घर–घरको कथावस्तु रहेको बताए । उनले ’लक्का जवान’ लाई कथै कथाको मिश्रणको रुपमा व्याख्या गरे । उनले चलचित्रको कथाले दर्शकको मन छुने दावी गरे । उनले चलचित्रमा आफुले देश छोडेर विदेशिएको युवाको भूमिका निभाएको बताए ।
नायक सलोन बस्नेतले ’लक्का जवान’लाई शुद्ध नेपाली कथा बोलेको चलचित्रको रुपमा व्याख्या गरे । उनले नेपाली समाजमा देखे सुनेको कथा नै चलचित्रमा उठाइएको बताए ।
निर्देशक पौडेलले नै चलचित्रको कथा, पटकथा र संवाद तयार पारेका हुन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रियंका कार्की, वर्षा सिवाकोटी, राजाराम पौडेल, सुशील पोख्रेल, स्वर्गीय जयनन्द लामा, सरोज खनाल, मनिषा श्रेष्ठलगायतको अभिनय रहेको छ ।
पुरुषोत्तम प्रधानले खिचेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । चलचित्रको ट्रेलर र दुई वटा गीत युट्युबमा सार्वजनिक भइसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23