Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तातो र सुख्खा हावाका कारण गर्मी बढ्दै

प्रकाशित मिति : २०७९ बैशाख १४ गते

काठमाण्डौ / देशैभर केही दिनदेखि गर्मी बढेको छ । देशका सबैजसो ठाउँमा अधिकतम तापक्रम बढेको छ भने तातो हावा र सुख्खा हावा चल्न थालेको छ । पहाडी क्षेत्रका केही ठाउँमा मौसम आंशिकदेखि सामान्य बद्ली भएर बेलुकीपख केही शीतल भए पनि तराईका जिल्लामा मौसम बद्ली नहुँदा जनजीवन बढी प्रभावित बनेको छ ।
तराईका धेरैजसो ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । गएको २४ घण्टामा धनगढीको अधिकतम तापक्रम ४० दशमलव ८ डिग्री सेल्सियस, नेपालगञ्ज र भैरहवाकोे ४० दशमलव ६ डिग्री सेल्सियस पुगेको छ । यस्तै, वीरेन्द्रनगरको ३७ दशमलव २ डिग्री सेल्सियस, घोराहीको ३७ डिग्री सेल्सियस, सिमराको ३६ दशमलव ४ डिग्री सेल्सियस, दीपायलको ३६ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ ।
यस्तै, काठमाण्डौको अधिकतम तापक्रम ३२ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ । गर्मीसँगै तातो हावा चल्न थालेकाले सकेसम्म दिउँसोको समयमा घर बाहिर ननिस्कन र खेतबारीको काम बिहान बेलुका मात्रै गर्न सरकारले आग्रह गरिसकेको छ । गर्मीको यो समयमा प्रशस्त शुद्ध पानी पिउन र पानी पाइने फलफूल खान पनि सुझाव दिइएको छ । यसैबीच, केही दिन यता बढेको गर्मी भोलि भने केही कम हुनसक्ने अनुमान गरिएको छ ।
मौसमविद् समिर श्रेष्ठका अनुसार भोलि पूर्वी क्षेत्रबाट जलवाष्पयुक्त हावा नेपाल आउने सम्भावना रहेकाले पहाडीसहित तराईमा पनि मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना छ । केही ठाउँमा हल्का पानी समेत पर्ने सम्भावना रहेकाले केही राहत मिल्ने मौसमविद्ले बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23